काठमाडौं- धनगढी उपमहानगरपालिका–७ क्याम्पस चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँस्थित नास्ता पसल संचालन गरी बस्ने बझाङ जयपृथ्वी नगरपालिका–५ घर भएका ४५ वर्षीय प्रयाग राज जोशी समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ४० रूपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो ।