काठमाडौँ । अमेरिकाको न्युयोर्कमा भएको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । घटनामा परी अन्य दुई जना घाइते भएको सरकारी अधिकारीले जनाएको छ ।
Advertisement
न्युयोर्कमा रहेको साउथ ब्रोन्क्स विद्यालय बाहिर स्थानीय समय अनुसार राति १.४५ मा घटना भएको हो । घटनामा परी १६ वर्षीया युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई छातीमा गोली लागेको थियो ।
त्यसैगरी दुई जनालाई पनि गोली लागेर घाइते भएको न्युयोर्कको प्रहरीले जनाएको छ ।