काठमाडौं- मोरङ, ग्रामथान गाउँपालिका–४ कटहरा टोलस्थित बाँसघारीमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–४ बस्ने ५५ वर्षीय अहिलाल माझी समेत ९ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १८ लाख ५१ हजार ५ सय रूपैयाँ, १६ थान कौडा, १२ बुक तास, मोबाइल १५ थान लगायतका सरसामान सहित पक्राउ गरेको हो ।
बर्दिया, बाँसगढी नगरपालिका–९ चिसापानीस्थित कुशल वलीको घरमा जुवातास
खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने दैलेख भगवती माई गाउँपालिका–२ घर भएका ३६ वर्षीय जय बहादुर सुनार समेत ४ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार २ सय ७० रूपैयाँ र २१ बुक तास सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेका ४ वटा मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।