बराहक्षेत्र– बराहक्षेत्र नगरपालिका वडा नं २ पुनरवासमा रहेको आदर्श खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १०औं साधारणसभाबाट तेश्रो कार्यक्रमको लागि अध्यक्ष पदमा हरिकृष्ण भट्टराई सर्वसम्वत् रुपमा निर्विरोध निर्वाचित भएका छन्।
शनिबर सम्पन्न १०औं साधारणसभामा अध्यक्ष पदमा भट्टराईको प्रतिद्वन्दी कोही पनि नभएपछि तेस्रो कार्यकालको लागि भट्टराई अध्यक्षमा पदमा स्वत निर्वाचित भएका हुन्।
निर्वाचन समितिका संयोजक अमर कटुवालका अनुसार भट्टराईको अध्यक्षतामा ९ सदस्य कार्यसमिति चयन भएको छ।
उपाध्यक्षमा जितेन्द्र राई,सचिव लालकुमार राई र कोषध्यक्षमा दिल कुमारी मगर पुन: चयन भएका हुन् भने सदस्यमा प्रल्लाद थापा, प्रेम प्रसाद दाहाल, दिलु गजमेर, लक्ष्मी श्रेष्ठ र बिर्खबहादुर खत्री छन्।
लेखा समितिको संयोजकमा अर्जुन कार्की तथा सदस्यहरूमा लेखनाथ खतिवडा र कुमार बिष्ट चयन भएका छन्।
साधारण सभामा समितिका सचिब लालकुमार राईले २०८०/८१ को आय-व्यय अनुसार ७२ लाख ६३ हजार ९ सय ६४ रुपैयाँ बचत गरेको प्रतिवेदन पेस गरेका थिए।
लेखा समितिका संयोजक अर्जुनकुमार कार्कीले समितिको आर्थिक बर्ष २०८०/८१ मा २० लाख ४८ हजार ५ सय ४० रुपैयाँ आय र १४ लाख ५६ हजार २ सय ५ रुपैयाँ व्यय रहेकोमा ५ लाख ९२ हजार ३ सय ३५ रुपैयाँ बचत रहेको प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा समितिका अध्यक्ष हरिकृष्ण भट्टराईको सभाध्यक्षतामा, प्रमुख अतिथि प्रदेश १ की सांसद ममता मगर (तामाङ्ग) अन्य अथितीहरूमा वडा नं २ का अध्यक्ष होम प्रसाद गौतम, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ सुनसरीका अध्यक्ष डम्बर सिग्देल लगायतको उपस्थिति थियो।