काठमाडौं- गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।
Advertisement
ट्रक चालक गायब रहेको र खोजी भइरहेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीले जानकारी दिए । घटनास्थलमा करिब २ हजार प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् । स्थिति नियन्त्रणमा लिन काठमाडौंबाट १९५ जना थप प्र्रहरी परिचालन गरिएको छ ।
ना. ६ ख २१७३ नम्बरको भाडाको ट्रकले स्कुटरलाई लर्छार्दा बा. ४९ प ८९४४ नम्बरकी स्कुटर चालकले ज्यान गुमाएकी हुन् । मृत्यु भएकी महिलाको सनाखत भने भएको छैन ।