Advertisement
नयाँ दिल्ली । भारतमा पुनः एकपटक पेट्रोल–डिजेलको मूल्यमा वृद्धि भएको छ । दिल्लीमा पेट्रोलको मूल्य ५० पैसा बढेर प्रतिलिटर ९९ रुपैयाँ भएको छ ।
यसैगरी, डिजेलको मूल्य ५५ पैसा बढेर प्रतिलिटर ९०.४२ रुपैया भएको छ । बितेका ६ दिनयता पेट्रोल–डिजेलमा ५औं पटक मूल्य वृद्धि भएको हो । यस्तै, मुम्बईमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर क्रमशः ५३ र ५८ पैसा बढेर १३३.८८ र ९८.१३ रुपैयाँ प्रतिलिटर भएको छ ।
यससँगै चेन्नईमा पेट्रोलको मूल्य १०४ रुपैयाँ र डिजेलको ९५ रुपैयाँ प्रतिलिटर छ । यसैगरी, कोलकोत्तामा पेट्रोलको मूल्य १०८ र डिजलको मूल्य ९३ रुपैयाँ प्रतिलिटर रहेका छ । स्थानीय कर दर राज्य अनुसार फरक हुने भएकाले भारतका हरेक राज्यमा पेट्रोल र डिजेलको मूल्य फरक–फरक हुन्छ ।