काठमाडौं- मकवानपुर हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-१ सानो भावर बस्ने १९ वर्षीय बिजय तामाङ र रौतहट बृन्दावन नगरपालिका-१ बस्ने ३५ वर्षीय धर्मेन्द्र ठाकुर रहेका छन् । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले चितवनबाट वीरगंजतर्फ जाँदै गरेको ना.६ ख ३५५७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
सुनसरी धरान उपमहानगरपालिका-२० विष्णुपादुकाबाट अवैध लागूऔषध गाँजा करिब ४ किलो ५ सय ग्रामसहित धनकुटा साँगुरीगढी गाउँपालिका-८ बस्ने २४ वर्षीय दिपक मुडेललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विष्णुपादुकाबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को.१ ज २१७८ नम्बरको बोलेरोलाई जाँच गर्ने क्रममा बोलेरोमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
सप्तरी बालन बिहुल गाउँपालिका-३ बलान खोलाबाट अवैध लागूऔषध गाँजा करिब ५६ किलो सोमबार राति प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा लागूऔषध ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी बेलहीबाट खटिएको प्रहरीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिहरूले बोरा छाडी फरार भएपश्चात प्रहरीले बोरा तलासी गर्दा उक्त परिमाणको गाँजा बरामद गरेको हो ।