काठमाडौं- आज पहाडी इलाकामा हल्का वर्षा र तराई क्षेत्रमा हावाहुरी आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण आज दिउँसो कोशी, गण्डकी र कर्णालीका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
यस्तै, कोशी, गण्डकी र कर्णालीका पहाडी भेगका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मधेश र कोशीका तराईका थोरै स्थानमा हावाहुरी आउने सम्भावना छ।
आज राति कोशी, मधेश, वागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश र लुम्बिनीका तराई इलाकामा हावाहुरी आउने सम्भावना छ।