• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

सडक पुग्यो ओलाङचुङगोला, तिब्बतबाट कहिले भित्रिन्छन् ट्रक ?


मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित

काठमाडौं- ताप्लेजुङको ओलाङचुङगोला। चीन जोड्ने नेपालको सबैभन्दा पूर्वको नाका। त्यहाँसम्म ८ फागुनमा सडकको ट्र्याक तयार भएको छ। तर, चीनबाट कहिले मालवाहक ट्रकहरू नेपाल प्रवेश गरेर देशभर पुग्छन् भन्‍ने यकिन छैन।

Advertisement

कारण- लामो प्रतीक्षापछि ओलाङचुङगोला राष्‍ट्रिय सडक सञ्‍‍जालमा जोडिएको हो। यससँगै ऐतिहासिक बस्ती ओलाङचुङगोलामा धुले सडकबाट जोडिएको छ। यो सडकमार्फत तमोर करिडोर हुँदै नेपाललाई उत्तरी र दक्षिणी छिमेकी चीन र भारतलाई जोड्छ। सडक स्तरोन्‍नतीसँगै नेपालले दुवै छिमेकीसँग छोटो दूरीमा निर्वाध व्यापार गर्न सक्नेछ।

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप-ओलाङचुङगोला खण्डमा बाँकी रहेको सडकको ट्रयाक खुलेसँगै चीन पनि तमोर करिडोरमार्फत सडक सञ्‍‍जालमा जोडिएको हो।

चीनले चार वर्षअघि नै समुद्री सतहदेखि ५ हजार २०० मिटर उचाइको टिप्ताला नाका हुँदै फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलासम्म सडक विस्तार गरिसकेको छ। चिनियाँ कम्पनीले नै ओलाङचुङगोला हुँदै सेराप बगरसम्म सडकको ट्र्याक खोलेको थियो।

यसअघि नेपाल र चीनको नाकाबाट नेपालतर्फ ३५ किलोमिटर ट्र्याक खोलिएको थियो। नेपालतर्फ सुनसरीको चतरादेखि खोल्दै लगिएको ट्र्याक यसअघि चीनले खोलेको ट्र्याकमा गत मंगलबार जोडिएको उत्तर-दक्षिण (मूलघाट-दोभान-ओलाङचुङगोला) सडक आयोजनाका प्रमुख सुदर्शन कार्की बताउँछन्। उनका अनुसार ट्र्याक खुले पनि अहिले यातायात सञ्‍‍चालनयोग्य छैन।

‘सडकको ट्र्याक मात्र खुलेको हो, यातायात सञ्‍‍चालनका लागि योग्य भइसकेको छैन,’ कार्की भन्छन्, ‘त्यसका लागि यो आर्थिक वर्षभित्र यातायात सञ्‍‍चालन गरेर चीनको बोर्डरसम्म पुग्‍ने हाम्रो लक्ष्‍य छ।’

यातायात सञ्‍‍चालनका लागि थप टेन्डर प्रक्रिया अगाडि बढाएर सडक स्तरोन्‍नती गरिने उनी बताउँछन्। ‘ग्रेड सुधार, मोड सुधार, ब्लास्टिङ र पहिरो सफा गर्ने काम भइरहेको छ,’ उनी भन्छन्, ‘यसै आर्थिक वर्षभित्र यातायात पुग्‍ने लक्ष्‍यका साथ काम भइरहेको छ। थप स्तरोन्‍नतीको काम पनि आगामी आर्थिक वर्षहरूमा हुँदै जान्छ।’

उक्त सडकमा पूर्व आयोजना प्रमुख अमिन्द्र खड्काका अनुसार ०६६ सालमा तमोर करिडोरको विभिन्‍न खण्डमा काम शुरू भएको थियो। आव ०७२-७३ मा तमोरको तल्लोखण्ड चतरा-मुलघाट-सुभाङखोलाको सडक निर्माण शुरु भएको हो। ०७७ सालमा भने उक्त खण्डको ग्राभेल स्तरमा निर्माण सम्पन्‍न भएको थियो।

तल्लो खण्डमा अहिले कालोपत्रेका लागि टेन्डर भएको छ। कालोपत्रेको काम दुई वर्षभित्र सम्पन्‍न गर्ने लक्ष्‍य रहेको आयोजनाले जनाएको छ। ०७४ सालमा सुभाङखोलादेखि ओलाङचुङगोलासम्म सडकको ट्र्याक खोल्न ठेक्का लागेको थियो, जुन ६ वर्ष लगाएर खुलेको छ।

ट्र्याक तयार भएसँगै ताप्लेजुङ सदरमुकाम फुङलिङ मात्र होइन, पूरे कोशी प्रदेश चीनसँग सडक सञ्‍‍जालले जोडिएको छ। अब ६ वटा स्काभेटरमार्फत टिप्ताला नाकासम्म यसअघि खुलाइएको ट्र्याकलाई मर्मत गरी वैशाखमा काम सक्ने आयोजनाले जनाएको छ।

यो सडक निर्माणका लागि काठमाडौंको एसबीए एलाइट जेभीले ठेक्का पाएको थियो। उक्त कम्पनीले तापेथोकदेखि ओलाङचुङगोलासम्मको ट्र्याक खोल्ने ठेक्का ४४ करोडमा लिएको थियो।

मूलघाट-दोभान-ओलाङचुङगोला सडक सुनसरीको चतरादेखि ताप्लेजुङको ओलाङचुङगोलासम्म २३० किलोमिटर छ। ओलाङचुङगोलादेखि टिप्ताला नाकासम्मको दूरी २४ किलोमिटर छ। तमोर करिडोरको लम्बाइ २५४ किलोमिटरमा छ। कोशी प्रदेशको राजधानी विराटनगरसँग जोडिएको नाका जोगबनीबाट सुनसरीको चतरा ५१ किलोमिटर टाढा छ।

एमाले केन्द्रीय सचिव तथा ताप्लेजुङका सांसद योगेश भट्टराईले तमोर करिडोर उत्तर-दक्षिण लोकमार्गअन्तर्गत सबैभन्दा छोटो मार्गको ट्र्याक खुलेकोमा सरोकारवाला सबैलाई धन्यवाद दिएका छन्। तथापि, तमोर करिडोरअन्तर्गत ताप्लेजुङ आठराई खण्डको कामले गति लिन नसकेकामा उनी असन्तुष्‍ट छन्। भन्छन्, ‘तमोर करिडोरअन्तर्गत ताप्लेजुङ-आठराई खण्डको काम जुन गतिमा हुनुपर्ने हो, त्यो भएको छैन। पाँच वर्षअघि ठेक्का लागेको लिम्बुनी पुल निर्माणमा अत्यन्तै ढिलाइ भएको छ। कुनै प्रगति भएको छैन।’

अब कामलाई गति दिनुपर्ने उनी बताउँछन्। यो सडक सञ्‍‍चालनमा आएमा ताप्लेजुङ मात्र नभई कोशी प्रदेशकै विकासले गति लिने उनको भनाइ छ। भन्छन्, ‘लिम्बुनी पुलको निर्माण र आठराई खण्डको ट्र्याक खोल्ने काम सम्पन्‍न भएमा यो सडकले चीन र भारतलाई जोड्नेछ। यसतर्फ सडक विभागको गम्भीर ध्यानाकर्षण गराउँछु।’

ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि २८ कोश उत्तरमा पर्ने ओलाङचुङगोला ३२ सय मिटरको उचाइमा रहेको हिमाली बस्ती हो। भोटे र शेर्पा जातिको मात्रै बसोवास रहेको यो छिमेकी देश चीनको स्वशासित क्षेत्र तिब्बतनजिकको नेपाली बस्ती पनि हो। यहाँ खासगरी वालुङ जातिको मात्रै बसोवास छ।

ओलाङचुङगोलाका बासिन्दा आफूलाई वालुङ भन्‍न रुचाउँछन्। उनीहरूले वालुङ समाज पनि गठन गरेका छन्। फुङलिङबाट तीन दिनको पैदल यात्रामा पुगिने यो बस्तीमा ६६ परिवारको बसोवास छ। ०६८ सालको जनगणनाअनुसार यहाँको जनसंख्या २७६ छ।

ओलाङचुङगोलामा बस्ती कहिलेदेखि शुरु भयो भन्‍ने कुनै यकिन जानकारी उपलब्त्र छैन। इतिहासका खोजकर्ता ग्युर्मे नुर्बो (विचारी) का अप्रकाशित टिपनका अनुसार ओलाङचुङगोलाको प्राचीन इतिहास ईसाको आठौं शताब्दीको मध्यबाट शुरु भएको हो। ईसाको नवौं शताब्दीको मध्यमा यो ठाउँमा प्राचीन किराँतीहरूको बसोवास थियो।

पछि उत्तर भोटबाट तिब्बती मुलका भोटे जातिका मानिस आएर बसोबास गर्न थाले। र, सोही विन्दुबाट किराँती देश नेपाल र तिब्बतबीच व्यापार शुरु भएको इतिहासको खोज गर्ने गोपीकृष्‍ण अधिकारीको लेखमा उल्लेख छ।

तिब्बती मुलका मानिसहरू यहाँ आएर बस्न थालेपछि नेपाल र तिब्बतबीच व्यापार शुरु भएको मानिन्छ। ग्युर्मेको टिपनअनुसार भोटबाट ओलाङचुङगोला आएका भोटेहरू नेपालबाट चामल, मकै, कोदोजस्ता अन्‍न लैजान्थे। गलैंचाका रङ बनाउने खयर, मजिठो, रुखका बोक्रा पनि भोटतर्फ ओसार्थे। भोटबाट गलैंचा, पाखी चुटुक, उनीको कपडाको कम्बल, घोडा, च्यांग्राजस्ता वस्तु यता भित्र्याउँथे।

भोटका घोडा भारतका विभिन्‍न शहरमा पुर्‍याएर ओलाङचुङगोलाकै व्यापारीले बिक्री गर्ने गरेको विभिन्‍न लेखहरूमा उल्लेख पाइन्छ। भनिन्छ- पुरातन कालमा ओलाङचुङगोला नेपाल र भोटबीच व्यापार गर्ने व्यस्त व्यापारिक केन्द्र थियो।

ओलाङचुङगोलाको नाम ओलुङ भन्‍ने शब्दबाट अपभ्रंस भएर बनेको मानिन्छ। तिब्बतबाट तीर्थयात्रीहरू नेपाल आउने क्रममा बाटो भुलेर अलपत्र परे। त्यहीबेला न्याउरी मुसोजस्तो जनावरले अघि-अघि हिँडेर बाटो देखाएकाले यस्को नाम ओलुङ राखिएको ग्युर्मेको टिपोटमा उल्लेख छ। यही नाम अपभ्रंश भएर ओलाङचुङगोला भएको अधिकारीको भनाइ पाइन्छ।

पहिले यो बस्तीमा मगर थरका राजाले पनि राज गरेको केही पुस्तकमा उल्लेख छ। नेपाल सरकारले भने नेपाल एकीकरणपछि मात्रै वालुङको अस्तित्व प्रवाह गरेको पाइन्छ। विसं १८९८ सालमा तत्कालीन राजा राजेन्द्रबिक्रम शाहले सोनाम भोटियालाई गाउँको मुख्य मानिसको जिम्मेवारी दिएका थिए। उनलाई गोवाको उपाधि दिइएको सन् १८४८ मा गोला पुगेका बेलायती वनस्पतिविद् डा. हुकरले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्। हुकरले लामो समयसम्म ओलाङचुङगोला बसेर अध्ययन गरेका थिए।

गोबाङिग यो क्षेत्रका पाँच गाउँमा सञ्‍‍चालन भएको चीनका लागि नेपालको पूर्व वाणिज्यदूत ताम्ला उक्याव बताउँछन्। उनका अनुसार वलाङचुङ याङमा, ग्याब्ला, घुन्सा र लेलेपमा गोबाङवी प्रथा थियो। आफ्नो क्षेत्रका जनताका लागि दण्डकुण्ड, सजाय, मुद्दामामिला मिलाउने जिम्मेवारी गोवालाई थियो।

लडाईं परेका बेलामा सरकारलाई सहयोग गर्नुपर्ने, तिरो उठाई सरकारलाई बुझाउनुपर्ने, सरकारको प्रतिनिधि भएर काम गर्नुपर्नेजस्ता जिम्मेवारी गोवालाई थियो। गोवाले काजी विचारी, कारबारी, नाइके र मझियामार्फत शासन गरेको इतिहास छ। सडक पुगेसँगै ओलाङचुङगोलाको त्यो इतिहासले पनि नेपाल-चीन दुवैतर्फ चिनिने अर्को अवसर पाएको छ।

मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.