• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

के नेपालका बैंकहरू डुब्दै छन्?


बुधबार, फागुन ०९, २०८० मा प्रकाशित

एनआईसी एसिया बैंक डुब्‍न लागेको हल्लाले बजारमा एक प्रकारको तरंग सिर्जना गरेको छ- कतै देशको अर्थतन्त्र टाट पल्टिने दिशामा त छैन?

Advertisement

काठमाडौं- निजी क्षेत्रको एनआईसी एसिया बैंकले आफ्ना ५० वटा शाखा बन्द गर्न नेपाल राष्‍ट्र बैंकमा निवेदन दिएको हल्ला गत साता सामाजिक सञ्‍जालमा एकाएक भुसको आगोझैं फैलियो। र, त्यही आगोमा घ्यू तेल थपे, बैंकहरू विरुद्ध आन्दोलन गरिरहेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले।

२ फागुनमा उनले सामाजिक सञ्‍जाल फेसबुकमा लेखे, ‘एनआईसी एसिया बैंक डुब्दै, बचतकर्ताले आफनो रकम तुरुन्त निकाल्नु होला। सञ्‍चालक भागे भने सहकारीका बचतकर्ताको जस्तो हालत होला। बेलैमा होश पुर्‍याउनुहोला।’

सामाजिक सञ्‍जालभरि एनआईसी एसिया बैंक डुब्‍न लागेको हल्ला चल्यो। त्यस हल्लालाई चिर्न बैंकले सूचना नै निकाल्नुपर्‍यो। बैंकले ठूला भनिएका सञ्‍चार माध्यमहरूमा सूचना नै प्रकाशित गरेर आफ्नो आर्थिक विवरण सार्वजनिक गर्‍यो। र, बैंकमा कुनै समस्या नभएको प्रष्‍टीकरण दियो।

यो हल्ला शान्त हुँदै थियो तर प्रसाईं शान्त भएनन्। उनले फेरि ७ फागुनमा अर्को स्ट्याटस लेखे, ‘सुनसरीबाट करिब दुई करोड नक्कली नोट बरामद भयो, जसमा एनआईसी एसियाको ट्याग थियो। अब भन्‍नूस् राज्यले मलाई कारवाही गर्ने कि एनआईसी एसियालाई?’

त्यस स्ट्याटसले फेरि हल्ला फैलियो। सामाजिक सञ्‍जालमा ठूलो संख्यामा फलोअर रहेका प्रसाईंले हल्ला फैलाउँदा धेरैसम्म पुग्नु स्वाभाविकै थियो। तर, राष्‍ट्र बैंकका सह-प्रवक्ता डिल्लीराम पोखरेलले सञ्‍चार माध्यमहरूसँग कुरा गर्दै एनआईसी एसियाको अवस्था स्वस्थ रहेको स्पष्‍टीकरण दिए। र, हल्ला शान्त बनाउने कोशिस गरे।

तथापि, एनआईसी एसिया बैंकको वित्तीय विवरण राम्रो भए पनि हल्लाले असर पर्न सक्ने विज्ञहरू बताउँछन्। हुन पनि, वित्तीय संस्था हल्लाकै भरमा अप्ठ्यारोमा पर्ने गरेका छन्। किनकि, बैंक तथा वित्तीय संस्था विश्‍वासमा टिकेका हुन्छन्, विश्‍वास गुम्‍नेबित्तिकै अप्ठ्यारोमा पर्नसक्ने विज्ञहरू बताउँछन्।

कसरी डुब्छ बैंक?

अहिले एनआईसी एसिया बैंकबारे हल्ला चलाइएको छ। के साँच्चै उक्त बैंक डुब्‍न लागेको हो? त्यसको अवस्थाबारे नेपाल राष्‍ट्र बैंक र विज्ञहरू बोलिरहेका छन्। कतै देशको अर्थतन्त्र संकटको बाटोतर्फ त उन्मुख छैन?

बैंक डुब्‍नु भनेको के हो? अर्थविद् हरि रोका भन्छन्, ‘बैक डुब्‍नु भनेको बैंकमाथि मानिसको विश्‍वास नहुनु हो।’

बैंक आफैंसँग पैसा हुने होइन। बचतकर्ताले जम्मा गरेको पैसा र अन्य बैंकबाट ऋण लिएर चलाउने गर्छन् बैंकहरूले। आफूले लिएको ऋणलाई केही प्रतिशत बढाएर लगानी पनि गर्छन्। त्यसैबाट आउने ब्याजले बैंक चल्ने गरेको रोका बताउँछन्। ‘२, ३ वा ४ प्रतिशतबीचको मार्जिन खाएर बैंकले कारोबार गर्छन्,’ उनी भन्छन्।

यसरी विश्‍वासमा चलेका बैंक त्यतिबेला अप्ठ्यारोमा पर्छन्, जब बचतकर्ताले विश्‍वास गर्दैनन्। बचतकर्तालाई मेरो पैसा सुरक्षित छैन भन्‍ने लाग्यो र निकाल्न थाले भने बैंक अप्ठ्यारोमा पर्ने अर्का अर्थविद् केशव आचार्य बताउँछन्। भन्छन्, ‘बैक डुब्‍नु भनेको जतिबेला बैंकले निक्षेपकर्ताहरू, जसले बचत गरेका छन्, उनीहरूलाई पैसा दिन सक्दैन र फिर्ता गर्न सक्दैन, त्यतिबेला डुब्‍ने हो।’

जतिसुकै राम्रो बैंक पनि निक्षेपकर्ताको विश्‍वास गुम्यो भने डुब्‍न सक्छ। अर्काको विश्‍वासमा चल्ने भएकाले बैंक तथा वित्तीय क्षेत्र संवेदनशील रहने उनी बताउँछन्। आचार्य भन्छन्, ‘बैकले सबै पैसा राख्दैन। राष्‍ट्र बैंकमा राखेको हुन्छ, ऋण दिएको हुन्छ। केहीगरी एकैपटक धेरै मानिस पैसा झिक्न गए भने पनि बैकलाई अप्ठ्यारो पर्छ। बैंक डुब्‍ने भनेको अवस्था त्यही हो।’

बैंक डुब्दा बचतकर्ताले पैसा पाउँछन्?

बैंक डुब्‍नु वा टाट  पल्टिनु भनेको बचतकर्ताको पैसा फिर्ता गर्न नसक्ने अवस्था हो। यस्तो बेला एक त बैंक आफैंले संकटमा परेको घोषणा गर्छ। त्यस्तो बेला पनि बचतकर्ताले पैसा फिर्ता पाउने अवस्था हुने अर्थविद् बताउँछन्।

एक त बैंक डुब्‍न लाग्यो भने बचतकर्ताले बैंकमा गएर चेकमार्फत आफ्नो पैसा फिर्ता लिन सक्छन्। एटीएमबाट पनि झिक्न सक्छन्। यसरी पैसा तिर्न नसक्ने अवस्था आएपछि बैंकले घोषणा गर्नुपर्ने अर्थविद् रोका बताउँछन्। भन्छन्, ‘कुनै पनि बैंक डुब्यो भने राष्‍ट्र बैंकले नियन्त्रणमा लिन्छ। राष्‍ट्र बैंकले बचतकर्ताको पैसा फिर्ता दिनुपर्छ। बचतकर्तासँगै सेयर होल्डरको पैसा पनि फिर्ता गर्नुपर्ने अवस्था आउँछ।’

यस्तै अप्ठ्यारो पर्दा प्रयोग गर्नका लागि पहिले नै राष्‍ट्र बैंकमा पैसा हुने गरेको अर्थविद् आचार्य बताउँछन्। ‘राष्‍ट्र बैकमा बैकहरूले करिब ७ प्रतिशत मौज्दात अनिवार्य राख्नुपर्छ,’ उनी भन्छन्, ‘सबै पैसा लगानी गर्न पाउँदैन। त्यसबाहेक पनि तरलता अनुपात भन्‍ने हुन्छ। त्यसले गर्दा कुल निक्षेपको १२ देखि २० प्रतिशत सुरक्षित राखेको हुन्छ।’

यस्तै, निक्षेपको बीमा पनि गरिएको हुन्छ। राष्‍ट्र बैकले १० वर्ष अघिदेखि दुई लाख रूपैयाँसम्मको बीमा नियम लागू गरेको अर्थविद् आचार्य बताउँछन्। भन्छन्, ‘बैंक डुब्यो भने पनि दुई लाखसम्मको बीमाबाट आइहाल्छ। अलिकति खतरा भनेको त्यसभन्दा माथिकोलाई हो।’

यस्तै, बैंकको सम्पत्ति बेचेर भए पनि राष्‍ट्र बैंकले बचतकर्ताको पैसा फिर्ता गरिदिन्छ। यससँगै बैंकले अन्यत्र गरेको लगानी खोजेर, बेचेर पनि असुल गरिने अर्थविद् आचार्य बताउँछन्। यस्तोमा सबैभन्दा फाइदा भने ऋणीहरूलाई हुने उनी बताउँछन्। ‘बैक डुबी नै हाल्यो भने सबैभन्दा फाइदा ऋणीलाई हुन्छ। उसले कर्जा तिर्दैन,’ आचार्य भन्छन्।

एनआईसी एसिया डुब्‍नै लागेको हो?

बैंक डुब्दै छ भने हल्ला चलाएका प्रसाईंले पनि एनआईसी एसिया बैंकबाट ऋण लिएका छन्। उनले बैंकको ऋण मिनाहा माग गर्दै निरन्तर आन्दोलन गर्दै आएका छन्।

ऋण तिर्न बैंकले उनलाई ताकेता गर्दै आएको थियो।  तथापि, प्रसाईंले चलाएको हल्ला कति सत्य छ? एनआईसी एसिया बैंकका सूचना अधिकारी अर्जुनराज खनियाँ यो हल्ला मात्रै भएको बताउँछन्। भन्छन्, ‘यो कुनै हिसाबले पनि सत्य छैन। अफवाह फैलाइएको हो।’

प्रसाईंले नियोजित रूपमा अफवाह फैलाएको उनी बताउँछन्। बैंकका परिसूचकहरू राम्रो रहेको र त्यहीअनुसार काम भइरहेको उनको भनाए छ। भन्छन्, ‘नियोजित तरिकाले अफवाह फैलाएको मात्र हो, यो सत्य छैन।’

यो एक साताको बीचमा बैंकले चारवटा प्रेस विज्ञप्ति निकालिसकेको छ। यस्तै, बैंकर एसोसिएसनले पनि एनआईसी एसियाको पक्षमा विज्ञप्ति जारी गरेको छ। नेपाल राष्‍ट्र बैंकले पनि एनआईसी एसियामा कुनै समस्या नभएको बताइसकेको छ।

अर्थविदहरू पनि अहिलेको अवस्थामा एनआईसी एसिया बैंकमा समस्या नदेखिएको बताउँछन्। राष्‍ट्र बैंकले एनआईसी एसिया बैंकको अवस्था राम्रो रहेको बताइसकेको उल्लेख गर्दै अर्थविद् रोका अहिले कुनै पनि बैंक डुब्‍ने अवस्था नरहेको बताउँछन्। तथापि, यस्ता प्रोपोगन्डाबाट असर पर्ने उनको ठम्याइ छ।

अर्थविद् आचार्य पनि अहिले एनआईसी एसिया मात्रै होइन, अन्य बैंकको अवस्था पनि राम्रो रहेको बताउँछन्। ‘दुर्गा प्रसाईले के के भने यो राजनीति गरिएको हो वा दुश्मनी साँधेको भन्‍ने थाहा भएन,’ अर्थविद् आचार्य भन्छन्, ‘अहिले एनआईसी एसिया बैक डुब्‍ने अवस्थामा छैन। नेपालका कुनै पनि बैक डुब्‍ने अवस्थामा छैनन्।’

बुधबार, फागुन ०९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
असद शासनका नौ पूर्व पाइलट पक्राउ

भर्खरै

  • १.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • २.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ३.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ४.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ५.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ६.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ७.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ८.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.