काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार स्वयम् सेवकलाई युक्रेनमा लड्न अनुमति दिने योजनालाई समर्थन गरेका छन् । उनले युक्रेनमा जारी युद्ध तथा कारबाहीलाई ‘विशेष सैन्य कारबाही’ भनेका छन् ।
Advertisement
‘यदि, तपाईंले स्वैच्छिक आधारमा पूर्वी युक्रेनका पृथकतावादीलाई मद्दत गर्न चाहने मानिसहरू देख्नु भयो भने, तपाईंले उनीहरूलाई आधा बाटोमा भेट्नुपर्छ र उनीहरूलाई लडाई क्षेत्रमा जान मद्दत गर्नुपर्छ,’ पुटिनले रक्षामन्त्री सर्गेई शोइगु दुरलाई भने ।