• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

विश्‍व घटना : एप्पल र जिमेलको स्थापना


    Avatar photo
सोमबार, चैत १९, २०८० मा प्रकाशित

काठमाडौं- आज १ अप्रिल। विश्‍व इतिहासका अनगिन्ति घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् २००१- समलिंगी विवाहलाई मान्यता दिने पहिलो देश नेदरल्यान्ड्स

सन् २०११ मा आजकै दिन नेदरल्यान्ड्सले समलिंगी विवाहलाई मान्यता दिएको थियो। त्यससँगै नेदरल्यान्ड्स समलिंगी विवाहलाई मान्यता दिने पहिलो मुलुक बनेको थियो। विपक्षी कन्जर्भेटिभ समूहले त्यसको विरोध गरेको थियो। आजको दिनमा विश्‍वका धेरै मुलुकले समलिंगी विवाहलाई मान्यता दिइसकेका छन्।

– सन् २००१- सर्बियाका स्लोबोदान मिलोसेभिक पक्राउ

सर्बियाका पूर्वराष्‍‍ट्रपति स्लोबोदान मिलोसेभिक आजकै दिन पक्राउ परेका थिए। पदमा छँदा भ्रष्‍‍टाचार गरेको अभियोगमा शुरुमा उनलाई पक्राउ गरिएको थियो। पछि उनलाई युद्ध अपराधमा द हेगस्थित अन्तर्राष्‍ट्रिय फौजदारी अदालतमा उपस्थित गराइएको थियो। पूर्व युगोस्लाभिया युद्धका क्रममा उनले युद्ध अपराध गरेको अभियोगमा मुद्दा चलाइएको थियो। ११ मार्च २००६ मा ६४ वर्षको उमेरमा मृत्यु भएका उनी युद्ध अपराधमा मुद्दा चलाइएको पहिलो राष्‍‍ट्राध्यक्ष थिए।

– सन् १९७६- एप्पलको स्थापना

सन् १९७६ मा आजकै दिन स्वर्गीय स्टिभ जब्सले एप्पल कम्पनीको स्थापना गरेका थिए। आधुनिक कम्प्युटरको विकासमा एप्पलको महत्त्वपूर्ण भूमिका थियो। बहुराष्‍ट्रिय कम्पनीको रूप पाएको एप्पलले नै आइफोनको पनि विकास गरेको हो। सन् २०१२ मा यो कम्पनीको विश्‍वव्यापी आम्दानी १५६ बिलियन डलर पुगेको थियो। यसको शुरुवात जब्सका साथमा स्टिभ वोज्‍नियाक र रोनाल्ड वेनले गरेका थिए।

– सन् १९५७- स्पागेटी फल्ने रुखमाथि बीबीसीको अप्रिल फुल

सन् १९५७ मा बेलायतको टेलिभिजन बीबीसीले स्पागेटी नामक पक्‍वान्‍न फल्ने रुखमाथि अप्रिल फुल मनाएको थियो। ३ मिनटको भिडियोमा बीबीसीले स्पागेटी टिप्दै गरेको एक स्विस परिवारलाई देखाएको थियो। त्यसबाट संसारभर अफवाह फैलिएको थियो। धेरै मानिसले बीबीसी मुख्यालयमा फोन गरेर उक्त रुख कहाँ पाइन्छ र कसरी त्यसबाट स्पागेटी फल्छ भनेर सोधेका थिए। अप्रिल फुलका किस्सामध्ये बीबीसीको उक्त भिडियोलाई पनि एक मान्‍ने गरिएको छ। खासमा, स्पागेटी फल्ने कुनै रुख संसारमा उपलब्ध छैनन्।

– सन् १९३९- स्पेनको गृहयुद्धमा जर्नेल फ्रान्कोको विजय

सन् १९३९ मा आजकै दिन जर्नेल फ्रान्कोले गृहयुद्धमा जित हासिल गरेको घोषणा गरेका थिए। त्यसपछि तानाशाही शासन चलाएका उनी सन् १९७५ मा मृत्यु हुनु अघिसम्म उनले स्पेनमा शासन गरे। उनको शासनकालमा धेरै राजनीतिक विरोधीको हत्या तथा मानव अधिकारको चरम उल्लंघन भएको थियो।

– सन् २००४- जिमेलको शुरुवात

सन् २००४ मा आजकै दिन गुगलले जिमेलको शुरुवात गरेको थियो। त्यसको ५ वर्षभित्रै जिमेलका करोडौं प्रयोगकर्ता पुगेका थिए। आजको विश्‍वमा जिमेल सन्देश पठाउने सबैभन्दा ठूलो प्लेटफर्म बनेको छ। सन् २०१९ मा जिमेलका १ अर्ब ५० करोड प्रयोगकर्ता पुगेका थिए।

सोमबार, चैत १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.