• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

सास किन गन्हाउँछ ? यस्ता छन् कारण


    Avatar photo
सोमबार, फागुन २८, २०८० मा प्रकाशित
काठमाडौं- खाँदा, हाँस्दा बोल्दा हाम्रो मुख चलिरहन्छ। चलिरहने मुखबाट नमिठो आउने गन्धले व्यक्तिको व्यक्तित्वमा नराम्रो प्रभाव पार्ने गर्छ। यस्तो समस्या हुँदा मुखबाट नमीठो दुर्गन्ध आउँछ।

Advertisement

कुनै पनि व्यक्तिलाई सास गन्हाउने भन्‍ने आफैंलाई थाहा हुँदैन। आफ्नो सास आफैंलाई नगन्हाउने हुँदा आफनो पार्टनर, साथीभाइ वा परिवारका सदस्यहरूले थाहा पाउँछन्। तर, लामो समयदेखि मुख गन्हाउने समस्या भइरह्यो भने जटिल समस्याहरू निम्तिन सक्छन्।

यसलाई मेडिकल भाषामा हालिटोसिस भनिन्छ। मुख गन्हाउने समस्याले धेरैलाई दुःख दिएको हुन्छ। साधारणतया नियमित मुख सफा नगर्दा, दाँत नमाझ्दा वा खानपानको गडबडीले मुख गन्हाउने समस्या हुन्छ। तर, कतिपय मानिसमा नियमित सरसफाइका बावजुद सास र मुख गन्हाउने समस्या हुन्छ। मुख गन्हाउनुका धेरै कारण हुन सक्छन्। जस्तै- गलत खानपान, पेटको समस्या, दाँत वा मुखको सरसफाइ नहुनु आदि।

धेरैले मुख वा सास गन्हाउने समस्यालाई सामान्य मान्छन्। तर, कहिलेकाहीं यो गम्भीर रोगको संकेत पनि हुन सक्छ। त्यसैले समयमै मुख तथा सास गन्हाउने समस्याबारे जानकारी हुन आवश्यक छ।

लोकल र जनरल कारणले मुख वा सास गन्हाउने हुन्छ। मुखमा घाउ खटिरा आएमा, गाँठागुँठी आएमा, गिजा पाकेमा, दाँतमा किरा लागेमा, खाल्डो परेमा तथा दाँत राम्ररी सफा नभएमा दाँतको कापमा तथा मुखमा फोहोर जम्मा भएर बसेमा पनि त्यहाँ अड्किएका फोहोरका कारण मुख तथा सास गन्हाउने गर्छ। यस्तै, मुखमा जटिल समस्या उत्पन्‍न भएमा, मुखको क्यान्सर, मधुमेह, श्‍वास प्रश्‍वास नलीमा, मिर्गौलामा समस्या उत्पन्‍न भएमा पनि मुख तथा सास गन्हाउने समस्या उत्पन्‍न हुन्छ।

घाँटी र छातीको इन्फेक्सन हुँदा पनि सास गन्हाउँछ। पेटसम्बन्धी समस्या, ग्यास्ट्रिकका बिरामीमा पनि अमिलो डकार आउँदा सास गन्हाउन सक्छ। कानको समस्याका कारण पनि सास गन्हाउन सक्छ।

लामो समयसम्म चुरोट तथा खैनीको सेवन गर्ने मानिसहरूमा मुखको क्यान्सर हुने सम्भावना अधिक रहन्छ। यस्तोमा उनीहरूको मुखबाट नराम्रो गन्ध आउने गर्छ। फोक्सोको संक्रमण भएमा पनि मुखबाट गन्ध आउने गर्छ।

कलेजोको संक्रमण भएको खण्डमा यसले राम्ररी काम नगर्दा अपचको समस्या उत्पन्‍न हुन्छ। त्यसका कारण मुख तथा सासबाट गन्ध आउने गर्छ। मिर्गौलाको समस्या हुँदा पनि मुखबाट गन्ध आउने गर्छ।

यस्तै, गिजाको समस्याका कारण पनि मुख गन्हाउने हुन्छ। मधुमेहका कारण शरीरमा मेटाबोलिक परिवर्तन देखा पर्न थाल्छ, जसको कारण मुख गन्हाउन थाल्छ। प्याज, लसुन, मुलाजस्ता खाद्यपदार्थ खाँदा पनि मुख गन्हाउँछ।

लक्षण

– मुखबाट दुर्गन्ध आउनु
– पेट खाली हुँदा झन् बढी सास गन्हाउनु
– गिजाबाट पिप आउनु

के गर्ने ?

– धेरै गुलियो खाद्यपदार्थ नखाने। खाइहालेमा खानेबित्तिकै मुख कुल्ला गर्ने।
– धुम्रपान, मद्यपान नगर्ने।
– जंकफुड नखाने।
– साँझबिहान राम्रोसँग दाँत माझ्ने। जिब्रो सफा गर्ने।
– दाँतमा कीरा लागेको र प्वाल परेको छ भने उपचार गर्ने
– मुखको कुनै रोग भए उपचार गर्ने।
– प्रशस्त मात्रामा पानी पिउने।
– खानेकुरा खाइसकेपछि राम्रोसँग मुख कुल्ला गर्ने।
– ६-६ महिनामा दन्त चिकित्सककोमा गई परीक्षण गर्ने।
– सास गन्हाएमा दन्त चिकित्सककोमा जाने र चिकित्सकको सल्लाहबमोजिम उपचार गर्ने।

(नेसनल डेन्टल हस्पिटलकी सिनियर कन्सल्टेन्ट डेन्टल सर्जन डा. श्रेष्‍ठसँग कुराकानीमा आधारित)

सोमबार, फागुन २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.