• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

रामजानकी विवाहकै दिन जोडी बाँधिने बढ्दै


मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित

महोत्तरी– यसपालिको विवाहपञ्चमीकै दिन २१ नयाँ जोडीले विवाह गरेर नयाँ जीवन सुरु गरेका छन्। मधेसको प्राचीन मिथिला क्षेत्रमा विवाहपञ्चमीका दिन विवाह फलदायी नहुने परम्परागत मान्यता तोड्दै यसै दिन विवाह गर्ने जोडी बढ्दै गएका हुन्।

Advertisement

अघि त्रेतायुगमा मिथिलापुत्री सीताले वैवाहिक जीवनमा थुप्रै हण्डर व्यहोर्नु परेको, अग्निपरीक्षा दिनुपरेको र पछि जीवनबाट आजित भएर पृथ्वीमा लीन हुनुपरेको रामायण कथाले मिथिलामा रामसीताको विवाह भएको दिन जोडी बाँधिनुलाई त्यति राम्रो नमान्ने गरिन्थ्यो। तर पछिल्ला वर्षमा यसै दिन जनकपुरधाममा विवाह गर्ने जोडी बढ्दै गएका हुन्। यसपालि विवाहपञ्चमीका दिन विश्व हिन्दू परिषद् नेपालले आयोजना गरेको सामूहिक विवाह कार्यक्रममा २१ जोडीले विवाह गरेका थिए। यी अधिकांश जोडी मैथिल समुदायका रहेका विवाह समारोह आयोजक परिषद् धनुषाका अध्यक्ष सन्तोषकुमार साहले बताए।

पछिल्ला केही वर्षयता जानकी मन्दिर परिसरमा विवाहपञ्चमीका दिन विवाह गर्ने मैथिल युवायुवती बढ्नुमा सञ्चार प्रविधिको प्रसार मुख्य कारण रहेको पत्रकार सुजितकुमार झाको ठम्याइ छ। उनले भने, “अघिअघि पनि विवाहपञ्चमीका दिन जनकपुरमा जोडी बाँधिने त हुन्थे तर सबैजसो पर्वते (पहाडी) मूलका हुन्थे तर पछिल्ला केही वर्षयता विभिन्न संस्थाले नै विवाह समारोह आयोजना गर्न थालेपछि भने विवाह गर्ने मैथिल युवायुवती बढ्दै गएका छन्।”

यद्यपि, सीता मिथिलापुत्री भएकी र उनले जीवनमा थुप्रै परीक्षा दिनुपरेको रामायण कथाले मैथिल भने यस दिन छोरीको विवाह गर्न अनिच्छुक देखिने गरेका झा विगत सम्झन्छन्। सामान्यतया दुलहा पक्षभन्दा दुलहीपक्ष नै विवाहपञ्चमीका दिन छोरीको विवाहमा अनिच्छुक देखिने मैथिल सोच देखिन्थ्यो। अब मिथिलाका युवायुवतीको शिक्षा, सञ्चार र कामका लागि विभिन्न देशसँगको पहुँच बढेसँगै पुरानो मान्यता खण्डित हुँदै गएर यस दिन विवाह गर्ने बढेका जानकारहरुको अड्कल छ।

हिन्दू वैदिक परम्परामा आराध्य देव श्रीराम र देवी सीताको विवाह भएको दिन खास सांस्कृतिक पर्वका रुपमा मनाइने मैथिल परम्परा छ। यसपालि परिषद्ले आयोजना गरेको समारोहमै २१ जोडीले विवाह गरे। जानकी मन्दिर र रामजानकी विवाह मण्डपमा यसबाहेक विवाह गर्ने जोडी पनि बाक्लै देखिएका मन्दिरका पुजारीहरूको भनाइ छ। यो सामूहिक विवाह परम्पराले विवाह महोत्सवको प्रचारसँगै फजुल खर्च कटौती गराएको जानकी मन्दिरका महन्थका मुख्य उत्तराधिकारी शिष्य रामरोशन दास वैष्णव बताउँछन्।

यसपालि परिषद्ले आयोजना गरेको सामूहिक विवाह समारोहमा मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही र मित्रराष्ट्र भारतका केही जोडीसहित २१ जोडी थिए। परिषद्ले सामूहिक विवाहमा सरिक जोडीलाई नयाँ वस्त्र, दुलहीका लागि सिन्दूर, पोते र परिवारजनको खानपान व्यवस्था गरेको थियो।

विवाहविधि रामजानकी विवाह मण्डपमा र खानपान जनकपुरस्थित कलवार धर्मशालामा आयोजना गरिएको थियो। यसरी बिना दाइजो बरबधुको रोजाइमा सम्पन्न विवाहले मधेसमा बढ्दो फजुल खर्च नियन्त्रण हुने पनि धेरैको भनाइ छ।

मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.