• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

बिहीबारदेखि बराहक्षेत्र मेला


शनिबार, मङि्सर ०२, २०८० मा प्रकाशित

सुनसरी- बराहक्षेत्र-१ स्थित हिन्दू धर्मावलम्बीहरुले प्रसिद्ध तिर्थस्थल बराहक्षेत्र मन्दिरमा ७ मंसिरदेखि हरिबोधिनी एकादशी मेला लाग्ने भएको छ।

Advertisement

देश-विदेशबाट मेलामा भर्न ७ लाखभन्दा बढी तीर्थयात्री आउने अनुमान गरिएको बराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठ जानकारी दिए। बराहक्षेत्रको यस मेलालाई कात्तिके मेला पनि भन्ने गरिन्छ। मेलाको व्यवस्थापन सोही मञ्चले गर्दै आएको बराहक्षेत्र-१ का वडाध्यक्ष किसन थापा मगरले जानकारी दिए।

यस्तै, २७ चैतदेखि २७ वैशाखसम्म बराहक्षेत्रमा महाकुम्भ मेला आयोजना गरिने भएको छ। पुराण वाचक योगेश भण्डारीका अनुसार कात्तिके मेलामा महाकुम्भ मेलाबारे पनि भक्तजनलाई जानकारी दिइने छ।

मेला भर्न आउने भक्तजनका लागि सप्तकोशी र कोकाहा नदीको संगमस्थलमा सुरक्षित स्नानको व्यवस्था मिलाइएको छ। बाँसको बार, डोरी र उज्यालोका लागि विद्युतको व्यवस्थापनलगायत काम पूरा भएको बराहक्षेत्र संरक्षण मञ्चका सचिव राजु घिमिरेले बताए। मेलास्थलमा शौचालयको पर्याप्त व्यवस्था मिलाइएको उनले जानकारी दिए। कोशी बगरमा पर्याप्त अस्थायी शौचालयका साथमा ४ वटा मोबाइल शौचालयको व्यवस्था गरिएको छ।

व्यापारीहरूका लागि पसल राख्न बगर सम्याउने काम सकिएको उनले बताए। मेला व्यवस्थित गर्न मञ्चले स्वास्थ्यको जिम्मेवारी बराहक्षेत्र उपस्वास्थ्य चौकी, खानेपानीको जिम्मेवारी बराहक्षेत्र मन्दिर खानेपानी समिति, सरसफाइको जिम्मेवारी बराहक्षेत्र वातावरणीय सरसफाइ संस्था, मेलामा आउने भक्तजनहरूको सुरक्षाको जिम्मा इलाका प्रहरी कार्यालय चतरा, इलाका प्रहरी कार्यालय महेन्द्रनगर र सशस्त्र प्रहरी बेस क्याम्प चतरा र प्रहरी चौकी बराहक्षेत्रलाई दिएको छ।

सचिव घिमिरेका अनुसार मेला भर्न ९० प्रतिशत भारतीय तीर्थयात्री आउने अनुमान छ। हरेक वर्ष यहाँ भारतीय तीर्थयात्रीको घुइँचो लाग्छ।

धर्तीको पहिलो तीर्थस्थल मानिने बराहक्षेत्रमा पितृहरूको मोक्ष र मनोकांक्षा पूरा हुने जनविश्वास छ। कौशीकी र कोकहा नदीको संगमस्थलमा स्नान गर्दा पुण्य प्राप्त हुने विश्वास पनि छ।

बराह क्षेत्रमा मेला भर्न भारतका विहार, पश्चिम बंगाल, सिक्किम, दार्जिलिङ र भुटानबाट तीर्थयात्री आउने गरेका छन्। प्रत्येक वर्ष बराहक्षेत्र धाममा लाग्ने हरिबोधिनी एकादशी मेला यस वर्ष ७ मंसिर बिहीबार एकादशीबाट बुरु भई ११ मंसिर सोमबार पूर्णिमाको दिनसम्म ५ दिन लाग्नेछ।

हरिशयनी एकादशी (असार शुक्ल एकादशी) मा आ–आफ्ना घर आँगनमा रोपिएको तुलसीको विशेष पूजा अर्चना गर्ने चलन छ। र, हरिबोधनी एकादशीमा तुलसीको विवाह गरिदिने चलन छ।

शनिबार, मङि्सर ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.