तनहुँ- भानु नगरपालिका-९ वाईसजाँगरस्थित अशोक श्रेष्ठको कालिका मोबाइल एण्ड ईलेक्ट्रोनिक पसलबाट करिब ५ लाख रुपैयाँ मूल्य बराबरको बिभिन्न कम्पनीका मोबाइल सेट, घडी, रिचार्ज कार्ड लगायतका सामानहरू चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
पक्राउ पर्नेहरुमा लमजुङ वेशीसहर नगरपालिका-९ घर भएका २३ वर्षीय पूर्ण बहादुर गुरूङ र वेशीसहर नगरपालिका-८ बस्ने लमजुङ दुधपोखरी गाउँपालिका- ६ घर भएका २५ वर्षीय विकास गुरूङ रहेका छन् ।
उक्त पसलबाट २०७८ कात्तिक २९ गते धनमाल चोरी भएको घटनाको प्रहरीले अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न उनीहरुलाई चोरी भएका बिभिन्न कम्पनीका मोबाइल सेट ११ थान सहित फेला पारी पक्राउ गरेको हो ।