• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

अवैध लागूऔषध सहित पक्राउ


शुक्रबार, माघ १४, २०७८ मा प्रकाशित

काठमाडौं- कञ्चनपुर दोधारा चाँदनी नगरपालिका-७ डम्बर चौराह नजिक सडकबाट ४ ग्राम ८ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोधारा चाँदनी नगरपालिका-७ बाबाथान बस्ने २४ वर्षीय बिबेक रानामगर, २० वर्षीय रोक्की भन्ने राहुन रानामगर र सोही नगरपालिका-६ शान्ति टोल बस्ने १८ वर्षीय किशोर रहेका छन् । दोधारा चाँदनी नगरपालिका-७ डम्बर चौराह बस्ने प्रेम बहादुर बडुवालको म.२ प ५०८१ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाबाथानबाट खटिएको प्रहरीले उनीहरुलाई सडकमा बसिरहेको अवस्थामा फेला पारी जाँच गर्दा उक्त लागूऔषध तथा चोरी भएको मोटरसाइकल फेला पारेको हो । उनीहरु उपर थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय दोधारा कञ्चनपुरले जनाएको छ ।

Advertisement

बारा बिश्रामपुर गाउँपालिका-१ बटम चौकबाट करिब २१ ग्राम ६ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित भारत घर भएका ३२ वर्षीय नबाब अंसारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एपि ६०६४ नम्बरको मोटरसाइकललाई सिमा प्रहरी चौकी छतवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक अंसारीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

बाँके नेपालगंज उपमहानगरपालिका-१६ जयसपुरबाट करिब १९ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २६ वर्षीय अस्फान अन्सारीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको  छ । सिमा प्रहरी चौकी जयसपुर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा बहुदरमाई नगरपालिका-९ बिश्रपुर भौजे बस्ने ६० वर्षीय गणेश साह कलवार र उनकै छोरा ३४ वर्षीय संतोष साह कलवारलाई करिब ७४ केजी अवैध लागूऔषध गाँजा सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले गणेशको घरमा लुकाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी दुवैजनालाई पक्राउ गरेको हो ।

यसैगरी पर्सा बिन्दवासीनी गाउँपालिका-४ अमरपट्टी र झौवाको बिचबाटोबाट करिब ७ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सखुवाप्रसौनि गाउँपालिका-१ दोहोरी टोल बस्ने ३५ वर्षीय सुरेश दास र भारत मोतिहारी भेलाही थाना-१ बस्ने ४२ वर्षीय दसाही दास रहेका छन् । नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

शुक्रबार, माघ १४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.