काठमाडौं- अमेरिकी डलर आज १ को खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा तय भएको छ।
नेपाल राष्ट्र बैंकका अनुुसार आजका लागि युरो खरिदमा १३९ रुपैयाँ ८९ पैसा र बिक्रीमा १४० रुपैयाँ ५२ पैसा तय भएको छ। बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६१ रुपैयाँ ९० पैसा र बिक्रीमा १६२ रुपैयाँ ६३ पैसा कायम भएको छ।
अस्ट्रेलियन डलर १ को खरिदमा ८४ रुपैयाँ ८६ पैसा र बिक्रीमा ८५ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर खरिदमा ९८ रुपैयाँ ४२ पैसा र बिक्रीमा ९८ रुपैयाँ ८७ पैसा, सिंगापुर डलर खरिदमा ९७ रुपैयाँ ९४ पैसा र बिक्रीमा ९७ रुपैयाँ ३८ पैसा तथा जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८९ पैसा र बिक्रीमा ८ रुपैयाँ ९३ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ १८ पैसा र बिक्रीमा १८ रुपैयाँ २७ पैसा तय गरिएको छ।
साउदी अरेबियन रियाल खरिदमा ३५ रुपैयाँ ४१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५७ पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ ४२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५९ पैसा, यूएईको दिराम १ को खरिदमा ३६ रुपैयाँ १५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३२ पैसा तय गरिएको छ।
मलेसियाको रिंगिट १ को खरिदमा २८ रुपैयाँ २१ पैसा र बिक्रीमा २८ रुपैयाँ ३३ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ८० पैसा र बिक्रीतर्फ ९ रुपैयाँ ८४ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२९ रुपैयाँ ५१ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ४५ पैसा तथा बहराइनको दिनार खरिदमा ३५२ रुपैयाँ २५ पैसा र बिक्रीमा ३५३ रुपैयाँ ८५ पैसा तय गरिएको छ।