मेष- व्यापार व्यवशायमा उन्नती हुनेछ। आत्मविश्वास र पराक्रममा वृद्धि भई धनलाभ हुने दिन छ। आँटे-गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भई मन हर्षित हुनेछ। आफूले सोचेभन्दा बढी नै लाभ हुनेछ। निर्माण तथा व्यावहारिक क्षेत्रमा मन लाग्नेछ।
वृष- आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै जोगिनु होला। यात्राको योग छ। घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ट रहने छ। यात्रा पनि हुन सक्छ। खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। सानो प्रयासले रोकिएको काम बन्नेछ।
मिथुन- व्यक्तिगत काममा समय र धन खर्च हुनेछ। काममा विघ्नबाधा उपस्थित हुन सक्छन्। काममा ढिलासुस्ती आउनुका साथै आर्थिक हानी हुन सक्छ सावधान रहनु होला। भौतिक साधनमा पनि क्षति होला। अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ। केही रकम खर्च गर्नुपर्नेछ।
कर्कट- नयाँ काममा मन जानाले गरिरहेको काम ओझेलमा पर्ला। तपाईंले अरूलाई गर्नुभएको बाचा पूरा हुने दिन छ। काम गर्नमै समय बिताए मन खुशी रहने छ। सोचेजति फाइदा हुने छैन। मन लाएर काम गर्नु होला। टाढिएका आफन्तको यादले पिरोल्नेछ।
सिंह- आयआर्जनमा राम्रो दिन छ। केही नयाँ काम गर्न परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ। नयाँ काम शुरु गर्ने समय छ। व्यापारमा राम्रै धनलाभ हुनेछ, नउठ्ने पैसा पनि उठ्ने दिन छ। लामो समयदेखि रोकिएका काम बन्नेछन्। आम्दानीमा कमी हुने छैन। नसोचेको ठाउँबाट धन आउने दिन छ।
कन्या- आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ। सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ। साथीभाइले काममा सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। सामान्यतया दिन एकदम राम्रो छ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। मन त्यसै-त्यसै फुरुंग हुने समय छ। धनलाभ हुनेछ।
तुला- हातहतियारबाट जोगिनुपर्ने दिन छ। अनावश्यक वादविवादमा परिएला। विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ। कडा प्रयास गरे पनि सफलता हात लाग्ने बेलामा वादविवाद हुन सक्छ। कसैसँग बढी रिस पनि उठ्ला। काममा आलश्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ। कसैसँग मनमुटाव हुनसक्छ।

वृश्चिक- काममा मन नजानाले कामहरू अधुरै रहने सम्भावना छ। मान-सम्मानमा आघात पर्ने देखिन्छ। नयाँ कामको शुरुवात खासै राम्रो छैन। कार्यमा हैरानी बढ्न सक्छ। जागिरमा पनि समस्या हुने दिन छ। श्रमको उचित मूल्यांकन हुनेछ। काममा ढिलाइ भई सोचेको काम नबन्न सक्छ।
धनु- चल-अचल सम्पत्तिको कारोबार हुन सक्नेछ। वैवाहिक जीवन सुखी हुने खालको दिन छ। सामाजिक काममा नेतृत्वदायी भूमिकामा खटिनु पर्नेछ। मान प्रतिष्ठा वृद्धि हुनेछ। पारिवारिक आवश्यकता पूर्ति होला। घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ। दिन मनोरञ्जन साथ बित्नेछ।
मकर- प्रेममा सुखद मिलनको अनुभव गर्न सक्नु हुनेछ। प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ। परिवारबाट टाढा बस्नुपर्नेछ। साहित्यिक कार्यमा मन जाने छ। टाढाको यात्राबाट धनलाभ पनि होला। आम्दानीको स्रोत बढ्नेछ। वाहन चौपाया आदिको कामबाट फाइदा हुने देखिन्छ।
कुम्भ- स्वास्थ्यले साथ नदिन सक्छ, सावधान रहनु होला। यात्राका क्रममा होश राख्नु राम्रो हुन्छ। पीडा दिनेहरू सक्रिय रहन सक्छन्। सामान्य रुघाखोकीले पनि सताउला। स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला। नसोचेको ठाउँमा धनको नाश हुने दिन छ।
मीन- कामहरू आज सजिलैसँग बन्नेछन्। आर्थिक लाभ मिल्ने खालको समय छ। कसैबाट समर्थन पनि पाइएला। बुद्धि विवेकले राम्रो काम गर्नेछ। अनायासै ठीक निर्णय हुनेछ। कसैबाट समर्थन पनि पाइने दिन छ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। केही अधुरा काम सम्पन्न हुनेछन्। पढाइमा मन जानेछ।