काठमाडौं- काठमाडौं शंखरापुर नगरपालिका-३ बोझेनी बस्ने ५२ वर्षीय पदम बहादुर थिङ र उनकै श्रीमती ४५ वर्षीया फुल मायाँ थिङ आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । उनीहरुले बुधबार राति कोठामा कोइला बाली झ्याल ढोका बन्द गरी सुतेको बुझिएको छ ।
सिन्धुली सुनकोशी गाउँपालिका-३ झागाझोलीस्थित सुनकोशी नदीको बिच भागमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २५ वर्षीया महिलाको शव बिहीबार फेला परेको छ ।
ओखलढुङगा लिखु गाउँपालिका-४ मोसाबारीस्थित निर्माणाधीन सामुदायिक अस्पातलमा लेबर काम गर्ने दैलेख नोमुले गाउँपालिका-३ घर भएका ३१ वर्षीय मन बहादुर विक मोसाबारीस्थित बाटो नजिक बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
धनकुटा सागुरीगढी गाउँपालिका-३ ईनामे बस्ने ६० वर्षीय डिल्लीश्वर कुरुमवाङ (लिम्बु) सोही गाउँपालिका-३ बरबोटेस्थित बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।