• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

विश्‍व घटना : संसारभर पहिलो उडान


    Avatar photo
बिहिबार, असोज ११, २०८० मा प्रकाशित

काठमाडौं- आज २८ सेप्‍टेम्बर। विश्‍व इतिहासका धेरै घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् २००८- फाल्कन-१ प्रक्षेपण

अमेरिकी अन्तरिक्ष यान निर्माता स्पेस-एक्सले निर्माण गरेको फाल्कन-१ आजकै दिन प्रक्षेपण गरिएको थियो। एलन मस्कको यो कम्पनीले अन्तरिक्ष यान निर्माणमा आफूलाई अग्रणी रूपमा स्थापित गरेको छ। चौथो प्रयासमा उक्त अन्तरिक्ष यान प्रक्षेपणमा सफलता मिलेको थियो।

– सन् १९९५- इजरायल र पीएलओबीच ओस्लो-२ सम्झौता

वेस्ट बैंक र गाजापट्टीसम्बन्धी दोस्रो ओस्लो सम्झौतामा आजकै दिन हस्ताक्षर भएको थियो। यस सम्झौतामार्फत गाजा र वेस्ट बैंकलाई तीन क्षेत्रमा विभाजित गरिएको थियो। तीमध्ये केही क्षेत्रमाथि प्यालेस्टिनीहरूलाई सीमित नियन्त्रण दिइएको थियो। उक्त सम्झौतामा इजरायली प्रधानमन्त्री यिज्याक रविन र प्यालेस्टाइन मुक्ति संगठन (पीएलओ)का अध्यक्ष यासेर अराफातले हस्ताक्षर गरेका थिए। त्यससँगै प्यालेस्टिनमा निर्वाचनका लागि आह्वान गरिएको थियो।

– सन् १९८०- कार्ल सेगनको कसमस

खगोलशास्त्री कार्ल सेगनको विख्यात टेलिभिजन शृंखला ‘कसमसः अ पर्सनल भोएज’ आजकै दिनदेखि प्रसारण आरम्भ भएको थियो। यो शृंखला १३ एपिसोडको थियो। यो शृंखलाको प्रस्तोता सेगन आफैं थिए भने लेखकहरू सेगन, एन ड्रुयन र स्टेभन सोटर थिए। यो संसारभर सबैभन्दा बढी हेरिएको विज्ञान-आधारित टीभी वृत्तचित्रमध्ये एक हो।

– सन् १९६१- युनाइटेड अरब रिपब्लिकको विघटन

हालको सिरियाको राजधानी दमास्कसमा भएको सैन्य ‘कु’का कारण संयुक्त अरब रिपब्लिकको विघटन भएको थियो। यो सिरिया र इजिप्‍टबीचको एक अल्पकालिक संघ थियो।

– सन् १९२४- संसारभर पहिलो उडान

६ अप्रिल १९२४ मा अमेरिकी सेनाको एयर सर्भिसका पाइलटहरूको चारवटा टिम संसारको फेरो मार्न सियाटल र वासिङ्टनबाट निस्किएका थिए। चारवटा डगलस वर्ल्ड क्रुजर जहाजहरूको नाम सियाटल, सिकागो, बोस्टन र न्यू ओर्लिएन्स राखिएको थियो। १७५ दिनपछि सिकागो र न्यू ओर्लिएन्स सियाटल फर्किए। बोस्टन र सियाटलले संसारभर २७ हजार ५०० माइलको यात्रा पूरा गर्न सकेनन्।

– सन् १९४७- शेख हसिना वाजेदको जन्म

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदको जन्म आजकै दिन भएको हो। उनी बंगालदेशकी सबैभन्दा लामो समय प्रधानमन्त्री रहने नेतृ हुन्।

– सन् १९०७- भगत सिंहको जन्म

भारतका शहीद भगत सिंह आजकै दिन जन्मेका थिए। ब्रिटिस शासनविरुद्धको आन्दोलनमा तत्कालीन इस्ट इन्डिया कम्पनीका सैनिकले २३ मार्च १९३१ मा उनको हत्या गरेका थिए।

– सन् २०००- क्यानाडाका प्रधानमन्त्री पियरे ट्रुडोको निधन

क्यानाडाका हालका प्रधानमन्त्री जस्टिन ट्रुडोका पिता पियरे ट्रुडोको आजकै दिन निधन भएको थियो। उनी क्यानाडाका १५औं प्रधानमन्त्री थिए। उनको खास नाम जोसेफ फिलिप्पे पियरे वाइभेस एलियट ट्रुडो थियो।

बिहिबार, असोज ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.