काठमाडौं– काठमाडौं महानगरपालिका-२६ सामाखुशीबाट दुर्लभ वन्यजन्तु सालकको खपेटा ९ सय ग्राम १२ मिलिग्रामसहित चारजना पक्राउ परेका छन्।
Advertisement
सिन्धुपाल्चोक साँगाचोक नगरपालिका-१० घर भई भक्तपुर सूर्यविनायक बस्ने ३३ वर्षीय तिले तामाङसहित चारजनालाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हाे।
सामाखुशीस्थित कल्पना खाजा घरमा सालकको खपेटा लुकाएर बसेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले खोजी तथा जाँच गर्ने क्रममा तामाङको झोलामा लुकाई राखेको उक्त खपेटासहित उनीहरूलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकाे छ।