काठमाडौं- पर्सा ठोरी गाउँपालिका-१ स्थित सडकमा सोही ठाउँ बस्ने ४० वर्षीय शिव बहादुर क्षेत्री बुधबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
दार्चुला मार्मा गाउँपालिका-१ ताकु बस्ने ४७ वर्षीय मिन बहादुर महरा सोही ठाउँस्थित जोजर खोलामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
पाल्पा तिनाउ गाउँपालिका-३ स्थित तिनाउ खोलामा हाल नाम, थर, वतन नखुलेकी करिब ५५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् ।
मोरङ धनपालथान गाउँपालिका-७ बबालीस्थित उखुबारीमा खाल्डोमा पुरिएको अवस्थामा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुषको शव बुधबार फेला परेको छ ।