काठमाडौं– संसदमा दर्ता भएको शिक्षा विधेयकमा शिक्षकहरुको माग सम्बोधन नगरेको भन्दै आन्दोलनरत राहतका शिक्षकहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ।
Advertisement
माइतीघरबाट नयाँ बानेश्वर आउने क्रममा मुख्य सडकमा पसेपछि राहतको शिक्षकहरुमाथि प्रहरीले हस्तक्षेप गरेको हो। प्रहरी र शिक्षकहरुबीच ठेलमठेल भएको छ।
विधेयककाे विरुद्धमा गत बुधबारदेखि देशभरका शिक्षकहरू काठमाडौंमा उत्रिएर आन्दाेलन गरेका थिए। गत शुक्रबार सरकारले नेपाल शिक्षक महासंघसँग शिक्षकको माग सम्बोधन गर्न ७ बुँदे सहमति गरेकाे थियाे।
तर उक्त सहमतिमा आफ्ना मागहरू सम्बोधन नभएकाे भन्दै राहत शिक्षकहरू गत शनिबारदेखि थप आन्दोलित बनेकोका हुन्। माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।