काठमाडाैं– साताकाे काराेबारकाे दाेस्राे दिन साेमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर छ।
Advertisement
आज छापावाला सुन र तेजाबी सुन आइतबारकै भाउ अर्थात छापावाला सुन प्रतिताेला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।
त्यसैगरी, आज चाँदी पनि आइतबारकै भाउमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ। प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।