स्याङजा- आफ्नै सहोदर भाईको छोरी २७ महिनाकी सुबिना ढकालको हत्यामा संलग्न रहेको अभियोगमा चापाकोट नगरपालिका-७ पिपलछाप बस्ने ३८ वर्षीय बासुदेव ढकाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
ढकालले सुबिनालाई ज्यान मार्ने मनसाय लिई जमिनमा पछारी अचेत बनाई छाडेको भन्ने सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले अचेत अवस्थामा रहेकी सुबिनालाई उपचारको लागि रामपुर अस्पताल रामपुर पाल्पामा पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।