• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

‘माओवादी जर्नेल’को नियमविपरीत म्याद थप, कांग्रेस र संसदमा उठ्यो आवाज


    Avatar photo
आइतबार, असोज ०७, २०८० मा प्रकाशित

काठमाडौं- सेना समायोजन क्रममा माओवादी लडाकुबाट नेपाली सेनामा आएका सहायक रथी यमबहादुर अधिकारी ‘प्रतीक्षा’को पदावधि दोस्रोपटक थप्‍ने सरकारको निर्णय विवादमा परेको छ।

Advertisement

सत्तारुढ कांग्रेसको जारी केन्द्रीय समिति बैठक तथा संघीय संसदको विषयगत समितिमा पनि त्यसविरुद्ध आवाज उठेको छ। कांग्रेस बैठकमा केन्द्रीय सदस्य जितजंग बस्‍नेतले प्रधानमन्त्री पुष्‍पकमल दाहाल ‘प्रचण्ड’ नेपाली सेनालाई कब्जा गर्ने पुरानै धङधङीबाट मुक्त नदेखिएको आरोप लगाए।

‘जब-जब प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ, तब-तब सेनालाई चलाउन थालिन्छ। पहिले पनि रुक्मांगत कटुवाल काण्ड मच्चाउनुभयो। अहिले पनि माओवादीबाट सेनामा आएका जर्नेलको म्याद पहिले नै थपिसकेको थियो सरकारले। केपी ओली सरकारले ब्रिगेडियर जर्नेल बनाएर चार वर्ष म्याद थपिएको थियो। आज प्रचण्डको सरकारले फेरि विधि विधानविपरीत निर्णय गरेर चार वर्ष म्याद थपिएको छ,’ बस्‍नेतले भने, ‘यो विषयमा सेनामा पनि असन्तुष्‍टी छ। कांग्रेसले यो विषयमा बोल्ने कि नबोल्ने ?’

कांग्रेस नेता रक्षामन्त्री रहेको अवस्थामा मन्त्रिपरिषद निर्णयबाट उनको म्याद थप भएकामा उनले आश्‍चर्य व्यक्त गरे। ‘यस विषयमा म कांग्रेसको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।

यस्तै, एमाले सांसद रघुजी पन्तले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा सहायक रथी अधिकारीको म्याद थप गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाए। त्यस विषयमा उनले रक्षामन्त्री पूर्णबहादुर खड्काको जवाफ माग गरे।

‘नेपाली सेनामा यसरी राजनीतिकरण गरिएको कुनै नजिर आजसम्म थिएन। यहाँ किन राजनीतिकरणको प्रयास भयो भन्‍नुहुन्छ भन्दा उहाँ सहायक रथी हुनुहुन्थ्यो, प्रक्रियाबाट केही आपत्ति थिएन। माओवादी पृष्‍ठभूमिबाट आएको जो समायोजन भएका छन्, नेपाली सेनामा उनीहरूलाई पक्षपात गरिनु हुँदैन,’ उनले भने, ‘तर, पक्षपात, भेदभाव गरिनु हुँदैन भन्‍नुका साथसाथै उनीहरूलाई विशेष रूपले काखी च्याप्‍ने काम गरेर सेनामा अरूको मनोबल घटाउने र गलत नजिर स्थापित गराउने काम हुनु हुँदैन। रक्षामन्त्रीले यस विषयमा जवाफ दिनुपर्छ।’

नेपाली सेनाले गत बिहीबार नियमित प्रेस नोटमार्फत उनको पदावधि दोस्रोपटक थपिएको जनाएको थियो। उनको पहिलो कार्यकाल गत ३१ भदौमा सकिएको थियो। सोही मितिबाटै लागू हुने र सहायक रथी दर्जाको विशेष पदलाई निरन्तरता दिने गरी सरकारले तीन वर्षका लागि दोस्रोपटक पदावधि थप गरेको हो।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले चार वर्षअघि विशेष पद सिर्जना गरेर अधिकारीलाई सहायक रथीमा बढुवा गरेको थियो। जंगीअड्डाले चार वर्षको पदावधि सकिएपछि उनको पद स्वतः खारेज हुने बताएको थियो। तर, उनलाई फेरि सोही पदमा पदावधि थपिएको हो। उनी तत्कालीन जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका थिए।

सेनाले पदावधि थपसम्बन्धी नियमित प्रक्रिया अनुरुप नै सैनिक ऐन तथा नियमावलीको आधारमा यो निर्णय भएको दाबी गरेको छ।

सेना समायोजनमार्फत माओवादी लडाकुबाट नेपाली सेनामा आएका अधिकारीले नियमविपरीत दोस्रोपटक राजनीतिक सोर्सका आधारमा विशेष लाभ पाएका हुन्। सरकारले यसपटक पनि म्याद थप नगरेको भए उनी १ असोजदेखि घर जाने थिए। कतिसम्म भने अधिकारीको म्याद थप गर्न प्रधानसेनापति प्रभुराम शर्माले वरिष्‍ठ सैनिक अधिकारीहरूको कोर टिम ‘पीएसओज्’मा पनि परामर्श गरेका थिएनन्।

उनको म्याद थप्‍न प्रधानमन्त्री प्रचण्ड, रक्षामन्त्री खड्का र प्रधानसेनापतिको मिलेमतो रहेको स्रोतले जनाएको छ। त्यस विषयमा सत्ता साझेदार कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि प्रधानमन्त्री प्रचण्डले परामर्श नगरेको खुलासा भएको छ। १० महिनापछि उनलाई विशिष्‍ट श्रेणीको उपरथी पदमा बढुवा गर्ने खेलअन्तर्गत उनको म्याद थपिएको जंगीअड्डा स्रोतले जनाएको छ। त्यसपछि रथी बढुवा गर्दै प्रधानसेनापति बनाउने खेलमा प्रधानमन्त्री प्रचण्ड देखिएका छन्। माओवादी सेनाबाट समायोजित १ हजार ४२० लडाकुमध्ये अधिकारीलाई सबैभन्दा माथिल्लो पद दिइएको थियो।

आइतबार, असोज ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.