काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले ७० औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक रामप्रसाद रेग्मीलाई मंगलबार सम्मान गरेको छ। विभागमा रहेर उत्कृष्ट सेवा दिएको उल्लेख गर्दै रेग्मीलाई सम्मान गरिएको हो।
Advertisement
अर्थ सचिव मधुकुमार मरासिनी र चेम्बर अध्यक्ष राजेन्द्र मल्लले निर्देशक रेग्मीलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरे। विभागमा उत्कृष्ट कार्यसम्पादन र रसुवा भन्सार प्रमुख छँदा व्यापार सहजीकरणमा महत्त्वपूर्ण भूमिका वहन गरेकाले उनलाई सम्मान गरिएको समारोहमा चेम्बर अध्यक्ष मल्लले बताए।
रसुवासँगै विराटनगर, वीरगञ्ज, काँकडभिट्टा र महेन्द्रनगर भन्सारमा रेग्मीले कार्यालय प्रमुख र अधिकृतको भूमिकामा करिब १५ वर्ष बिताएका छन्। राजस्व अनुसन्धान विभागमा निर्देशकका रूपमा पनि उनको कार्यसम्पादन उत्कृष्ट थियो।