काठमाडौं- अमेरिकी डलर आज १ को खरिद दर १३२ रुपैयाँ ६५ पैसा र बिक्री दर १३३ रुपैयाँ २५ पैसा तय भएको छ।
नेपाल राष्ट्र बैंकका अनुुसार आजका लागि युरो खरिदमा १४१ रुपैयाँ २६ पैसा र बिक्रीमा १४१ रुपैयाँ ९० पैसा तय भएको छ। बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६३ रुपैयाँ १७ पैसा र बिक्रीमा १६३ रुपैयाँ ९० पैसा कायम भएको छ।
अस्ट्रेलियन डलर १ को खरिदमा ८५ रुपैयाँ ३ पैसा र बिक्रीमा ८५ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर खरिदमा ९८ रुपैयाँ २२ पैसा र बिक्रीमा ९८ रुपैयाँ ६७ पैसा, सिंगापुर डलर खरिदमा ९७ रुपैयाँ र बिक्रीमा ९७ रुपैयाँ ४४ पैसा तथा जापानी येन १० को खरिदमा ८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ९ रुपैयाँ २ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ १६ पैसा र बिक्रीमा १८ रुपैयाँ २४ पैसा तय गरिएको छ।
साउदी अरेबियन रियाल खरिदमा ३५ रुपैयाँ ३६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५२ पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ ४० पैसा र बिक्रीमा ३६ रुपैयाँ ५७ पैसा, यूएईको दिराम १ को खरिदमा ३६ रुपैयाँ १२ पैसा र बिक्रीमा ३६ रुपैयाँ २८ पैसा तय गरिएको छ।
मलेसियाको रिंगिट १ को खरिदमा २८ रुपैयाँ २७ पैसा र बिक्रीमा २८ रुपैयाँ ४० पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ९० पैसा र बिक्रीतर्फ ९ रुपैयाँ ९४ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२९ रुपैयाँ ३७ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ३१ पैसा तथा बहराइनको दिनार खरिदमा ३५१ रुपैयाँ ८८ पैसा र बिक्रीमा ३५३ रुपैयाँ ४८ पैसा तय गरिएको छ।