काठमाडौं- आज २२ सेप्टेम्बर। विश्व इतिहासका विभिन्न परिघटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९८०- इरान-इराक युद्ध शुरु
सन् १९८० मा आजकै दिन इरान-इराक युद्ध शुरु भएको थियो। इराकले इरानमाथि आक्रमण गरेपछि यो युद्ध शुरु भएको थियो। यसलाई २०औं शताब्दीको सबैभन्दा घातक र लामो पारम्परिक युद्धमध्ये एक मानिन्छ। सात वर्षसम्म चलेको युद्ध कुनै निर्णायक जितबिनै समाप्त भएको थियो। यो युद्धले दुवै मुलुकमा मानव जीवन र अर्थव्यवस्थामा ठूलो नोक्सानी पुगेको थियो।
– सन् १९७९- हिन्द महासागरमा रहस्यमय चमक
अमेरिकी अमेरिकी वेला उपग्रहले हिन्द महासागरमा चमकदार गतिविधि पत्ता लगाएको थियो। उक्त शृंखला वायुमण्डलीय परमाणु विष्फोटसँग जोडिएको घटना थियो। उक्त विष्फोट इजरायली र दक्षिण अफ्रिकी परमाणु अभ्यासका कारण भएको थियो। तथापि, दुवै मुलुकका सरकारले त्यस्तो अभ्यासबारे अस्वीकार गरेका थिए। अहिलेसम्म उक्त विष्फोटमा कसको हात थियो भन्ने रहस्यकै गर्भमा छ।
– सन् १९७५- अमेरिकी राष्ट्रपति गेराल्ड फोर्डमाथि आक्रमण
अमेरिकाकै संघीय अनुसन्धान एजेन्सी एफबीआईकी सूचक सारा जेन मुरेले राष्ट्रपति गेराल्ड फोर्डमाथि गोली प्रहार गरेकी थिइन्। तर, उनले गोली चलाएको बन्दुकको कमजोरीका कारण उनी राष्ट्रपतिको ज्यान बचेको थियो। पूर्वएफबीआई एजेन्ट ओलिभर सिप्पलले तत्काल मुरेविरुद्ध प्रतिवाद गरेका थिए।
– सन् १९६०- माली फेडेरेसन बन्यो माली
अगस्ट १९६० मा माली फेडेरेसनबाट सेनेगल अलग भएपछि आजकै दिन अफ्रिकी मुलुक मालीको जन्म भएको हो।