काठमाडौं- आज कोशी र गण्डकी प्रदेशमा मुसलधारे वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ।
विभागका अनुसार कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी र गण्डकीका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ।
मधेश र कोशी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको सम्भावना छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै, भारतको झारखण्डमा विकसित न्यून चापीय प्रणालीको प्रभाव पनि नेपाली आकाशमा देखिएको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, वागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकीका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ। मधेश र कोशीको तराईका केही स्थानमा हावाहुरी आउने सम्भावना छ।
आज राति कोशी, मधेश, वागमती र गण्डकीमा सामान्य तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, मधेश, वागमती र गण्डकीका केही तथा बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेश र कोशी प्रदेशको तराईका केही स्थानमा हावाहुरी आउने सम्भावना छ।