काठमाडौं- गुल्मी मदाने गाउँपालिका-६ न्वारा बस्ने २२ वर्षीय कपिल कुँवर प्युठान झिम्रुक गाउँपालिका-४ स्याउ खोला नजिक सडकदेखि करिब ८० मिटर तल बिहीबार मृत अवस्थामा फेला परेका छन् । कपिल र सोही गाउँपालिका-५ ठुलो खोप्चा बस्ने २५ वर्षीय रमेश खड्का असोज १ गते रमेशको ससुराली गएको र असोज २ गते प्युठान झिमरुक गाउँपालिका-१ बालुवातर्फ गएकोमा रमेश फर्केको तर कपिल नफर्केपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको थियो । कपिलको मृत्यु शंकास्पद देखिएपछि रमेशसमेत २ जनालाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
नलवपरासी पश्चिम बर्दघाट नगरपालिका-५ पुर्वटोला बस्ने ७० वर्षीया बिष्णु कुमारी कार्की सोही ठाउँस्थित माछा पाल्ने पोखरीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
चितवन भरतपुर महानगरपालिका-२ लायन्सचोकस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी २७ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
गोरखा गोरखा नगरपालिका-१३ रामशाह टोल बस्ने ६५ वर्षीया निरुपा भट्टराई आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।