चितवन– चितवनकाे भरतपुर महानगरपालिकामा सिरक डसना बनाउनेहरू घरघर हिँड्न नपाउँने भएका छन्। पालिका भित्र सिरक डसना बनाउनेहरूलाई घरघर नजान पालिकाले सार्वजनिक सूचना नै जारी गरेको छ।
Advertisement
महानगरले २७ भदौमा एक सूचना जारी गर्दै टोल बस्ती, तथा चोक चोकमा माइकिङ गरी ट्रयाक्टरमा घुम्ती सेवा मार्फत सिरक डसना बनाउन घरघर नजान आग्रह गरेकाे छ।
महानगरपालिकाबाट सिरक डसना निर्माण सम्बन्धी व्यवसाय दर्ता नगरेको वा एक पटक व्यवसाय दर्ता गरेकै आधारमा दर्ता भएको स्थान बाहेक घुम्ती सेवा दिन नपाइने भरतपुर महानगरपालिकाका वरिष्ठ लेखा अधिकृत जगन्नाथ अर्यालले बताएका छन्।
जुन स्थानमा व्यवसाय सञ्चालनको अनुमति लिएकाे हाे त्यही स्थानबाट मात्रै सेवा दिन आग्रह गर्दै महानगरले घरघर सिरक डसना बनाउँदै हिँडे कानून बमोजिम कारबाही गर्नेसमेत चेतावनी दिएकाे छ।