मकवानपुर- बकैया गाउँपालिका-१२ खोरभञ्ज्याङमा ना.५१ प ५०४१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका टरबास बस्ने ६८ वर्षीया ठुलिमाया न्यासुरको मृत्यु भएको छ ।
Advertisement
दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।