• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

पाउनै छाडे विज्ञान र गणितका शिक्षक


बुधबार, असोज ०३, २०८० मा प्रकाशित

अर्घाखाँची– मालारानी गाउँपालिकाको वीरेन्द्र माध्यमिक विद्यालयमा चार महिनादेखि गणित विषयको शिक्षक नहुँदा पठनपाठन प्रभावित बनेको छ। गणित शिक्षकका लागि तीन पटकसम्म विज्ञापन खुलाए पनि एउटा पनि दरखास्त नपरेको विद्यालयका प्रधानाध्यापक कमल पछाइले बताए।

Advertisement

राम्रो विषय लिएर पढेका युवा जनशक्ति रोजगारी तथा अध्ययनका लागि विदेशमा जाने चलनले गाउँमा शिक्षक पाउन नसकिएको उनले बताए

शीतगङ्गा नगरपालिका-९ को पाकुरी माध्यमिक विद्यालयले पनि गणित र विज्ञान विषयका लागि तीन पटकसम्म विज्ञापन आह्वान गर्दापनि शिक्षक पाउन सकेको छैन्। नगरपालिकाको विकट क्षेत्र मानिने सिद्धाराको पाकुरी माविमा गणित र विज्ञान विषयको शिक्षक पाउन नसकेपछि पढाइ प्रभावित भएको शीतगङ्गा नगरपालिकाका शिक्षा अधिकृत विनोद पोख्रेलले बताए। पढेलेखेका मानिस विदेश पलायन हुन थालेपछि विद्यालयमा दक्षजनशक्तिको अभाव बढेको उनले बताए।

“पहिले विद्यालयमा शिक्षकको कुनै कमी हुदैनथ्यो। तर पछिल्लो समयमा अर्घाखाँचीका विद्यालयले एउटै पदका लागि पटक-पटक शिक्षकको विज्ञापन आह्वान गर्दा पनि शिक्षक पाउन सकिएको छैन”, शिक्षा विकास तथा समन्वय इकाइ अर्घाखाँचीका प्रमुख मणिराम पराजुलीले भने।

विष्णुपथ चौपारी आधारभूत विद्यालय शीतगङ्गा नगरपालिका-७ लामातालमा पनि गणित र विज्ञान विषयको शिक्षकका लागि तीन पटकसम्म विज्ञापन आह्वान गर्दा पनि शिक्षक पाउन सकिएको छैन।

पाणिनी गाउँपालिका-७ को जनसेवा माध्यमिक विद्यालयले पनि माध्यमिक तहमा विज्ञान विषयको शिक्षक आह्वानका लागि विज्ञापन भए पनि अहिलेसम्म शिक्षक पाएको छैन। पाँच पटकसम्म विज्ञापन आह्वान गर्दा पनि शिक्षक नपाएको प्रधनाध्यापक शालिकराम बेल्वासेले बताए।

उनले भने, “पाँचाैँ पटकको विज्ञापनमा दुई जनाले दरखास्त दिनुभएको छ, तर परीक्षा नहुँदै शिक्षक पायाैँ भन्ने अवस्था छैन।” यसअघि एक जनाले दरखास्त दिएको तर पछि विद्यालय टाढा भयो भनेर नआएको उनले बताए।

पछिल्लो समय विद्यार्थी विज्ञान विषय लिएर उच्च माध्यमिक तह तथा बिएसी पास गरिसकेपछि अध्ययन तथा रोजगारीका लागि विदेशमा जानेर र उतै बस्ने परिपाटीले गाउँमा रहेका विद्यालयमा शिक्षक पाउन नसकिएको उनले बताए।

बुधबार, असोज ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.