काठमाडाैं– साताकाे चाैथाे दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेकाे छ।
Advertisement
आज छापावाला सुन ताेलामा २०० रुपैयाँले घटेर प्रतिताेला १ लाख १२ हजार ८०० रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे। मंगलबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँमा काराेबार भएकाे थियाे।
मंगलबार प्रतितोला १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतिताेला १ लाख १२ हजार २५० रुपैयाँ कायम भएकाे महासंघले बताएकाे छ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेकाे छ। आज चाँदी ताेलामा ५ रुपैयाँले घटेर प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भएको थियो।