काठमाडौं– नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव अन्तर्गतको तेस्रो र अन्तिम दिन (२६ भदौमा) स्थगित भएको कार्यक्रम ३ असोजमा गर्ने भएको छ।
३ असोज विहान १०ः३० बजेदेखि साँझ ५ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा महोसत्व आयोजना हुने कांग्रेसले जनाएको छ।
महोत्सव २४ र २५ भदौमा दुई दिन सञ्चालन भए पनि संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि कांग्रेसले महोत्सव स्थगन गरेको थियो।
आगामी कार्यक्रममा बिपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रुपान्तरण र बिपी, बिपीका आख्यानमा नारी, परिवारले बुझेका बिपी, बिपीको विचार, आजको संविधान र अबको बाटोलगायत विभिन्न विषयगत विज्ञहरुबाट अन्तर्क्रियात्मक प्रस्तुति रहनेछन्।
कांग्रेसको सूचना तथा प्रचार प्रसार विभाग प्रमुख मीन विश्वकर्माले गत २४ र २५ भदौको कार्यक्रममा जस्तै ३ असोजमा हुने ऐतिहासिक बिपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रममा सहभागीताका लागि सबैलाई अनुरोध गरेका छन्।