• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ


शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित

काठमाडौं-  मोरङ, सुन्दरहरैचा नगरपालिका–३ त्रिबेणी चोक नजिक खाली प्लटिङबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ५१ ग्राम ६ सय ५० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ७ हजार रूपैयाँसहित सोही ठाउँ बस्ने ४८ वर्षीय नेत्र बिनोद भट्टराईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

Advertisement

कपिलवस्तु, शुद्धोधन गाउँपालिका–१ सोहसाबाट नियन्त्रित लागूऔषध स्पास्मो ७२ ट्याबलेट, नाइट्रोभेट १४ टयाब्लेटसहित कपिलवस्तु मायादेवी गाउँपालिक–१ पकडी बस्ने २० वर्षीय बिष्णु गैरेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बहदीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा सोही गाउँपालिका–२ सानो नन्दनगर बस्ने ५१ वर्षीय रामनाथ अहिरबाट उक्त लागूऔषध किनेर ल्याएको भन्ने खुल्न आएपछि ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा नियन्त्रित लागूऔषध स्पास्मो ९ सय ट्याब्लेट , नाइट्रोभेट १६ ट्याब्लेट, एसकोडिल १ सय एमएलको १ बोतल र नगद ४४ हजार ६० रुपैयासहित फेला पारी रामनाथलाई समेत पक्राउ गरेको छ ।

कैलाली, धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर ३ सय ७० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–१९ फुलवारी बस्ने १८ वर्षीय किशोरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापा, अर्जुनधारा नगरपालिका–११ स्थित गिरी बन्धु टि स्टेटको चिया बगानबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय मिलिग्रामसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका–४ बस्ने ३० वर्षीय शुसिल तामाङ र सुनसरी ईटहरी उपमहानगरपालिका–१७ बालग्राम बस्ने २६ वर्षिय भुवन गिरी रहेका छन् ।
थप अनुसन्धानको क्रममा उनीहरुले उक्त लागूऔषध अर्जुनधारा नगरपालिका–११ बस्ने ४० वर्षीय बिनोद प्रधानसँग खरिद गरेको खुल्न आएपछि विनोदको घरबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय मिलिग्रामसहित फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

धनुषा, क्षिरेश्वरनाथ नगरपालिका–५ जनकपुर–ढल्केबर सडकबाट अवैध लागूऔषध गाँजा करिब ९ केजीसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–७ बस्ने ५० वर्षीय राज कुमार महतो र सोही नगरपालिका–५ बस्ने ३५ वर्षीय मनोज कुमार पण्डित रहेका छन् । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले प्रदेश २–०२–००१ प ०६२४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

सिरहा, धनगढीमाई नगरपालिका–१२ सरे खोलाबाट अवैध लागूऔषध गाँजा करिब १७ केजीसहित धनगढीमाई नगरपालिका–१२ गड्मे कुश्मा आले टोल बस्ने ४० वर्षीय ईन्द्र बहादुर ठकुरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.