• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

चाडपर्व नजिकिएसँगै


शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित

काठमाडौं-   चाडपर्व सुरु भएसँगै प्राचीन मिथिला क्षेत्रका माटोका भाँडा बनाउने कुम्हाल र मूर्तिकारको व्यस्तता पनि बढेको छ । दुई दिनपछिको विश्वकर्मा पूजा र त्यसपछि लगत्तैको चौरचण्ठ (चौरचन) पर्वमा आफूले बनाउनका सामग्री बिक्री हुने भएपछि कुम्हाल र मूर्तिकार सीपमुलक काममा व्यस्त भएका हुन् ।

Advertisement

प्रत्येक वर्षको असोज सङ्क्रान्तिका दिन ज्यावलका देवता विश्वकर्माको पूजाआराधना गर्ने हिन्दू–मैथिल परम्परा छ । त्यसैले अहिले माटो मुछेर बनाइएका विश्वकर्माका मूर्तिमा मूर्तिकार अन्तिम सीप तिखार्दैछन् । ‘मूर्ति बनिसके, अब कतै रङ मिले÷नमिलेको हेर्दैछु,’ भङ्गाहा–४ रामनगरका मूर्तिकार अनुप महरा भन्छन्, ‘अब आज र भोलि त हो नि, अन्तिम रङ भर्ने, पर्सि त मूर्ति ग्राहकले लगिहाल्छन् ।’

मिथिलामा स–साना लघुउद्यम, कलकारखाना र ज्यावल बेचबिखन गर्ने पसलमा विश्वकर्माको प्रतिमा प्रतिस्थापन गरी उल्लासका साथ यो पर्व मनाउने परम्परा छ ।

पर्वका लागि विश्वकर्माका मूर्तिको माग भएपछि मूर्तिकारको अहिले व्यस्तता बढेको हो । मिथिलामा विश्वकर्मा पूजनोत्सवजस्तै दुर्गा पूजा (बडादशैँ), दीपावली, वसन्तपञ्चमी र श्रीकृष्ण जन्माष्टमी पर्व मूर्तिकारका लागि सीप बिक्ने मुख्य पर्व हुन् ।

मूर्तिकारजस्तै माटो मुछेरै विभिन्न प्रकारका भाँडा बनाउने कुम्हालको पनि अहिले व्यस्तता बढेको छ । अहिले मुखमा रहेको चौरचन पर्वमा माटाका तौला, छ्याँची र दियौरीजस्ता सामानको माग हुने भएपछि कुम्हाल चक्रमा यी भाँडा ढाल्न, सुकाउन र बजार पुर्याउन व्यस्त भएका हुन् ।

भदौ शुक्ल चौथी तिथिका दिन चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा माटोका नयाँ तौलामा पूजा सामग्री राखिने, नयाँ छ्याँचीमा दही जमाउने र त्यही दही अघ्र्य दिने र नयाँ दियौरीमा कपास कातेर बनाइएका बत्ती बाल्ने चलनले यो पर्वमा माटोका भाँडाको माग हुने गरेको हो ।

मिथिलामा चौरचनजस्तै जितिया, दशहारा (बडादशैँ), दीपावली, छठ र जुडशीतलजस्ता पर्वमा माटाका भाँडाको प्रयोग गरिने र यी नयाँ हुनपर्ने मान्यताले यी अवसरमा कुम्हालको सीप बिक्दै आएको छ । यी चाडपर्वका अवसरमा हुने आर्जनले नै वर्षभरिको घरको नगद खर्च सञ्चय गर्नुपर्ने हुँदा यी चाडपर्व आफ्नो आर्जनका मुख्य बेला हुने गरेका कुम्हाल बताउँछन् ।

 

शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.