काठमाडौं- अमेरिकी डलर आज १ को खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा तय भएको छ।
नेपाल राष्ट्र बैंकका अनुुसार आजका लागि युरो खरिदमा १४२ रुपैयाँ ३० पैसा र बिक्रीमा १४२ रुपैयाँ ९५ पैसा तय भएको छ। बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६५ रुपैयाँ २५ पैसा र बिक्रीमा १६६ रुपैयाँ कायम भएको छ।
अस्ट्रेलियन डलर १ को खरिदमा ८५ रुपैयाँ ४० पैसा र बिक्रीमा ८५ रुपैयाँ ७९ पैसा, क्यानेडियन डलर खरिदमा ९८ रुपैयाँ ६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ५० पैसा, सिंगापुर डलर खरिदमा ९७ रुपैयाँ ४२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८६ पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ र बिक्रीमा ९ रुपैयाँ ४ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ २१ पैसा र बिक्रीमा १८ रुपैयाँ ३० पैसा तय गरिएको छ।
साउदी अरेबियन रियाल खरिदमा ३५ रुपैयाँ ३४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५० पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ ३६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५२ पैसा, यूएईको दिराम १ को खरिदमा ३६ रुपैयाँ ९ पैसा र बिक्रीमा ३६ रुपैयाँ २५ पैसा तय गरिएको छ।
मलेसियाको रिंगिट १ को खरिदमा २८ रुपैयाँ ३१ पैसा र बिक्रीमा २८ रुपैयाँ ४४ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा १० रुपैयाँ र बिक्रीतर्फ १० रुपैयाँ ४ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२९ रुपैयाँ ४० पैसा र बिक्रीमा ४३१ रुपैयाँ ३४ पैसा तथा बहराइनको दिनार खरिदमा ३५१ रुपैयाँ ९९ पैसा र बिक्रीमा ३५३ रुपैयाँ ५८ पैसा तय गरिएको छ।