बारा– बाराकाे कलैया उपमहानगरपालिका-११ घोघलरीयास्थित पोखरीमा डुबेर एक बालककाे मृत्यु भएकाे छ।
Advertisement
सोही ठाउँका सरमोज साहको ९ वर्षीय छाेरा गोलु साहको बिहीबार बिहान मृत्यु भएको प्रहरीले बताएकाे छ।
नुहाउने क्रममा पाेखरीमा डुबेर अशक्त भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएकाे छ।