• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

धान र कोदोमा ढुसी तथा कुहिने समस्या


बुधबार, भदौ २७, २०८० मा प्रकाशित

काठमाडौं-  बागलुङका ग्रामीण क्षेत्रमा लगाइएको कोदो र धानमा रोग तथा किरा लागेर बाली नष्ट भएको छ । जरा कुहिने, डाँठ सुक्नेजस्ता समस्या आएपछि किसानले उपचारको खोजी गरेका छन् ।

Advertisement

बागलुङ नगरपालिका आसपासका क्षेत्रमा सबैभन्दा धेरै बाली नष्ट हुने गरी रोगकिरा लागेको नगरपालिकाको कृषि शाखाका प्रमुख सुवास सापकोटाले बताए । ‘समस्या आएपछि हामीले ११ वडामा पुगेर स्थलगत निरीक्षण गरिसकेका छौँ,’ लामिछानेले भने, ‘तत्काल उपचारका लागि विषादी र औषधी माग गरिसकेका छौँ ।’ उनका अनुसार कोदो बालीमा खुम्रे किरा, गवारो र ढुसीजन्य रोग देखिएको हो ।

त्यस्तै धान बालीमा पनि यो समस्या देखिएको हो । वडा नं ४, ५, ६, ७, ८ र ९ मा खुम्रो किराको प्रकोप बढी छ भने वडा नं ६, ७ र ८ मा गवारो रोगको प्रकोप भेटिएको हो । वडा नं. ४, ५, ६, ७, ८, ९, १० र ११ मा ढुसीजन्य समस्या देखिएको हो । धानमा ती रोगबाहेक सिथ ब्लार्ट, ब्लाष्ट, रुट नट जस्ता समस्या पनि देखिएको हो ।

नगरपालिकाले किसानका लागि किङ स्टार नामक विषादी एक सय ७० पोका, हेक्जाक्लोनोजोल नामक विषादी ४८ पोका, लेभिष्टिन चार पोका र ट्राइसाइक्जोल ९९ पोका वितरण गरेको सापकोटाले बताए । त्यस्तै स्टिकर नामक विषादी झोल एक सय १० बोतल र कार्टाप हाइड्रोक्लोराइड एक सय सय ६३ किलो ल्याएर किसानलाई पठाइसकिएको बताए ।

कोदो बालीमा देखापरेको ढुसीजन्य रोगको उपचारका लागि समस्या पहिचान गर्न प्रयोगशाला परीक्षण गर्न बाली संरक्षण प्रयोगशाला पोखरामा नमूना पठाइएको अर्का प्राविधिक राहुल केसीले बताए । ‘हरेक दिन किसानको फोन आएको छ, त्यसैले हामीले खेतमा पुगेर समस्या बुझेका छौँ,’ उनले भने, ‘समयमा उपचार गर्न नसकेमा आगामी वर्ष उत्पादनमा समेत समस्या पर्ने देखिन्छ ।’

उनले नगर प्रमुख र प्रमुख, प्रशासकीय अधिकृतमार्फत गण्डकी प्रदेश सरकारका कृषिमन्त्रीसम्म यो समस्या पुगेको बताए । मन्त्री महेन्द्रध्वज जिसीले पनि तत्काल अनुसन्धान गर्न र आवश्यक औषधी पठाएर उपचार गर्न प्राविधिकलाई निर्देशन दिएकाले औषधी आउने क्रम रहेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।

‘धेरै किसानबाट यो समस्याबारे कुरा आएपछि मन्त्रीज्यूलाई फोन गरेर तत्काल औषधि पठाउन आग्रह गरेको छु,’ श्रेष्ठले भने, ‘प्राविधिक रुपमा आवश्यकताका आधारमा माग गर्न भन्नुभएकाले कृषि शाखालाई सोहीअनुसारको औषधि माग गर्न लगाएको छु ।’ केही स्थानमा आफैँ पुगेर पनि किसानको बाली अनुगमन गरेको उनले बताए ।

यस वर्ष बर्सातमा आएको उतारचढाव तथा समयमा रोप्ने काम गर्न नपाउँदा पनि धान बालीमा समस्या आएको प्राविधिकले बताएका छन् । ‘समय समयमा रोगकिरा त लाग्छ, तर समयमा रोप्ने र पर्याप्त सिँचाइ भएन भने धानमा समस्या आउँछ,’ सापकोटाले भने ‘तर पनि किसानलाई निरास हुन नदिन सबै प्रयास भएका छन् ।’ समयमा उपचार गरेमा बाली जोगाउन सकिने उनले बताए ।

 

बुधबार, भदौ २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.