• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ३. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

५ हजारबाट सुरु रिचाको ‘आर्टिफिसियल ज्वेलरी’मा लाखौँको लगानी


मङ्गलबार, भदौ २६, २०८० मा प्रकाशित

बाँके– “अरुको काम गरेर पैसा कमाउनु र सानोतिनो भए पनि आफ्नै व्यवसायबाट पैसा कमाउनुमा धेरै फरक हुँदोरहेछ”, यो भनाइ हो नेपालगञ्ज उपमहानगरपालिका-१८ कारकाँदो निवासी जेडि कलेक्सनकी सञ्चालक रिचा लुइँटेलको। सानै भए पनि आफ्नै व्यवसाय सुरु गर्नुपर्छ भन्ने सोँचले रिचाले गत वर्षको पुसदेखि सौन्दर्य सामग्रीको व्यापार सुरु गरिन्। तत्कालीन समयमा पाँच हजार लगानीमा व्यापार सुरु गर्दा एउटै सामान बिक्रीबाट दुईदेखि दुई सय ५० सम्मको फाइदा भएको उनले बताइन्।

Advertisement

“सुरुमा सानो पुँजीमा पाँच वटा जति गहना किनेकी थिएँ। त्यो जम्मा पाँच हजारको थियो”, उनले भनिन्, “एउटा गहनाबाट त्यतिखेर दुई सय ५० सय जतिको नाफा भएको थियो। त्यसमा पनि मैले जम्मा तीन वटा बिक्री गरेँ भने बाँकी दुई वटा साथीलाई उपहार दिएँ।”

विगत दुई वर्षदेखि निजी अस्पतालमा प्रशासनिक फाँटमा काम गर्ने उनको तलब मासिक ३५ हजार थियो। तर उनी त्यो कामबाट सन्तुष्ट भइनन्।

आफ्नै लगानीमा र पहिचानमा केही गर्नुपर्छ भन्ने सोचले रिचाले घरबाटै ‘आर्टिफिसियल ज्वेलरी’को व्यापार गर्न सुरु गरिन्। जुन नेपालगञ्जमा एकदमै नयाँ थियो। “अरुको भन्दा फरक केही गर्नुपर्छ भन्ने मनमा सधैंँ लागिरहन्थ्यो। त्यो फरक मैले नेपालगञ्जमा आर्टिफिसियल गहनाको व्यापार नै देखेँ”, उनले भनिन्, “यो व्यवसायको बारेमा धेरै अध्ययन गरेर मात्रै लगानी लगाउन सुरु गरेंँ र आफ्नै घरबाट यस्को सुरुवात गरेँ।”

उनले व्यवसायको विज्ञापन फेसबुक र टिकटकलगायतका सामाजिक सञ्जालमार्फत गरिरहेकी छन्। उनी टिकटकमा लाइभमार्फत सामानको विशेषता र मूल्य बताउँछिन्। रिचाका लागि टिकटक सामाजिक सञ्जालको एउटा निकै नै प्रभावकारी माध्यम बनेको छ। “अहिले टिकटकको जमाना भएकाले मैले पनि यसैबाट व्यापारको प्रचारप्रसार गरिरहेकी छु”, उनले भनिन्, “टिकटकबाटै व्यवसायको प्रचार गर्न निकै नै सजिलो मात्रै भएको छैन, व्यापार पनि बढेको छ।”

हाल उनले मासिक १० लाखको कारोबार गर्छिन्। जसबाट एक लाख ५० हजारको हाराहारीमा नाफा हुने गरेको उनले बताइन्। घरबाटै व्यवसाय गरिरहेकाले भाडा तिर्नुपर्दैन। बिहानैदेखि रातिसम्म उनको घरमा सामान किन्न आउनेको घुइँचो हुने गरेको उनले बताइन्।

हिजोआज रिचालाई घरमै आएका ग्राहकलाई सामान बेच्नदेखि अनलाइन अर्डर गरेका सामान कुरियर गर्न भ्याइनभ्याइ हुने गरेको छ। महिला आर्थिक रुपमा आत्मनिर्भर हुन आवश्यक छ भन्ने मान्यता राख्ने रिचालाई गत वर्ष फागुनमा महिला उद्यमी सङ्घ बाँकेको आयोजनामा सम्पन्न पाँचदिने मेलाले निकै सहयोग गरेको थियो।

व्यवसाय सुरु गरेको केही समयमै महिला उद्यमी सङ्घको व्यापार मेलाले रिचाको आर्टिफिसियल गहनाको व्यापारलाई चिनाउन सहयोग पुर्‍यायो। उनका अनुसार उक्त मेलामा रिचाले ६५ हजारको लगानीबाट एक लाख ३० हजारको आम्दानी गरेकी थिइन्। “त्यतिबेला भखैरै व्यापार सुरु गरेकी थिएँ। त्यो मेला मेरा लागि एउटा सुनौलो अवसर थियो”, उनले भनिन्, “मैले तत्कालीन समयमा जोखिम लिए ६५ हजार लगानी गरेकी थिएँ तर नसोचेकै फाइदा भयो। मैले एक लाख ३० हजारको आम्दानी गर्न सफल भएकी थिएँ।”

दुई सन्तानकी आमा रिचाले दुई छोराको नामबाट जेडी कलेक्सनको नाम राखेकी छन्। रिचा मागअनुसार नेपालको पूर्वी जिल्ला झापादेखि पश्चिमको महेन्द्रनगरसम्म कुरियरमार्फत सामान पठाउने गर्छिन्।

मङ्गलबार, भदौ २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !
राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा
स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

  • ३.
    राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ४.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ५.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ६.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ७.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ८.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.