काठमाडौं– संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबारमात्रै गरिने भएको छ।
Advertisement
नेम्वाङका छोराहरू बुधबार अपरान्हमात्रै नेपाल आइपुग्ने भएकाले अन्त्येष्टि बिहीबार पशुपति आर्यघाटमा गरिने छ। नेम्वाङका २ छोरा र २ छोरी छन्। छाेराहरू विदेशमा भएकाले नेपाल आउन समय लागेकाे हाे।
नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बुधबार दिउँसो १ बजेसम्म एमाले पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा राखिने छ। १ बजेपछि पार्थिव शरीर नेम्वाङको निवासमा लगिने र किरात संस्कृति अनुसारकाे कार्य गरिने बताइएकाे छ।
मंगलबार बसेको मन्त्रिपरिषद्काे आकस्मिक बैठकले नेम्वाङको अन्त्येष्टिका दिन शोक बिदा दिँदै उनकाे राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरिसकेकाे छ।
सोमबार राति नेम्वाङको हृदयघातका कारण निधन भएको थियो।