काठमाडाैं– हृदयघातबाट सोमबार राति निधन भएका संविधान सभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको बुधबार अन्त्येष्टि गरिने भएकाे छ।
Advertisement
चार सन्तानका पिता नेम्वाङका दुई छाेरा र दुई छाेरी छन्। दुवै छोरीहरू काठमाडौंमै छन् भने दुवै छोरा विदेशमा छन्।
छाेराहरू विदेशमा रहेकाले उनको अन्त्येष्टि भोलिमात्र गरिने भएकाे हाे। नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ सपरिवार बेलायत बस्दै आएका छन्। भने कान्छा छोरा सुहाङ नेम्वाङ १५ दिनअघि मात्रै अष्ट्रेलिया गएका थिए।
जेठा छोरा मिङ्सो बेलायतबाट भोलि दिउँसो चार बजे नेपाल आइपुग्ने र कान्छा छोरा सुहाङ आज राति ११ बजे नै नेपाल आइपुग्ने नेम्वाङकाे सचिवालयले जानकारी दिएकाे छ।