काठमाडौं– सिन्धुपाल्चोकको जुरेमा पहाड खसेर ठूलाे धनजनकाे क्षति भएकाे करिब ९ वर्षपछि फेरि सुख्खा पहिरो खसेको छ।
Advertisement
सोमबार बिहान ११ बजेतिर सुख्खा पहिरो खसेको र पहिराेले कसैलाई केही असर नगरेको स्थानीय रविराज थापाले सामाजिक सञ्जालमार्फत भिडियाे साझा गर्दै बताएका छन्। साे भिडियाेमा सुख्खा पहिराे खस्दा उडेकाे माटाेकाे मुस्लाेसहित पहिराे खसेकाे देखिन्छ।
१७ साउन २०७१ काे राति जुरेमा राम्चेको इटिनी भीरकाे पहाडै खस्दा मांखा कागुने, ड्यामसाइड र टेकानपुरका १ सय ४५ ले ज्यान गुमाएका थिए।