काठमाडाैं– ललिता निवास प्रकरणमा पक्राउ परेका १८ जनामध्ये एक जना अभियुक्तले धरौटी रकम तिर्न नसकेपछि कारागार चलान भएका छन्।
Advertisement
आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले पक्राउ परेका १८ जनामध्ये १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छाड्न आदेश दिएकाे थियाे।
पक्राे परेका १८ जनामध्ये नापी कार्यालय मैतिदेवी काठमाडौंका तत्कालीन अमिन अरूणकमार श्रेष्ठ धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका हुन्।
अदालतले उनीसँग ७ लाख ५० रुपैयाँ धरौटी माग गरेको थियो। उनी केन्द्रीय कारागार जगन्नाथदेवलमा चलान भएका छन्। अन्य १७ जना छुटिसकेका छन्।
उनी कारागार स्राेतका अनुसार उनी जहिलेसम्म धरौटी तिर्छन् साेहि बेला छुट्न सक्छन्। अन्यथा उनी फैसला नहुञ्जेलसम्म पनि कारागारमै बस्नुपर्ने हुनसक्छ।