काठमाडौं- सप्तरी कंचनरुप नगरपालिका-११ सुन्दरी खोलाको बगरमा सोही नगरपालिका-७ वलुवा चोक बस्ने २० वर्षीय राहुल चौधरी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
धनुषा जनकपुर उपमहानगरपालिका-१४ मुजेलियास्थित चौरमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
अर्घाखाँची भुमिकास्थान नगरपालिका-४ घाट खोलास्थित पोखरीमा सन्धिखर्क नगरपालिका-८ खाल बस्ने ४२ वर्षीय लोक बहादुर खत्री शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
कैलाली टिकापुर नगरपालिका-१ ज्योतिनगर बस्ने ५६ वर्षीय चित्र बहादुर राजी सोही ठाउँस्थित सडकमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
गुल्मी सत्यवती गाउँपालिका-४ लुम्दीखोलास्थित बडीगार्ड खोलामा गुल्मी दरबार गाउँपालिका-१ सिख्र बस्ने ३४ वर्षीय गोबिन्द बिश्वकर्मा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
रुपन्देही तिलोत्तमा नगरपालिका-१ प्रेमनगर चोक बस्ने हाल एकिन नाम, थर, वतन नखुलेको छोटे कान्छा नामले परिचित पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।