काठमाडौं- अमेरिकी डलरको भाउ फेरि उच्च विन्दुमा पुगेको छ । आज १ को खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा तय भएको छ । हिजो डलर खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा थियो ।
नेपाल राष्ट्र बैंकका अनुुसार आजका लागि युरो खरिदमा १४२ रुपैयाँ २६ पैसा र बिक्रीमा १४२ रुपैयाँ ९१ पैसा तय भएको छ। बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६५ रुपैयाँ ६१ पैसा र बिक्रीमा १६६ रुपैयाँ ३६ पैसा कायम भएको छ।
अस्ट्रेलियन डलर १ को खरिदमा ८४ रुपैयाँ ८२ पैसा र बिक्रीमा ८५ रुपैयाँ २० पैसा, क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ २९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७३ पैसा, सिंगापुर डलर खरिदमा ९७ रुपैयाँ ३४ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७८ पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ १ पैसा र बिक्रीमा ९ रुपैयाँ ५ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ १३ पैसा र बिक्रीमा १८ रुपैयाँ २१ पैसा तय गरिएको छ।
साउदी अरेबियन रियाल खरिदमा ३५ रुपैयाँ ४२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५८ पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ ४३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६० पैसा, यूएईको दिराम १ को खरिदमा ३६ रुपैयाँ १७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३३ पैसा तय गरिएको छ।
मलेसियाको रिंगिट १ को खरिदमा २८ रुपैयाँ ३९ पैसा र बिक्रीमा २८ रुपैयाँ ५२ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ९४ पैसा र बिक्रीतर्फ ९ रुपैयाँ ९८ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४३० रुपैयाँ ६६ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ६० पैसा तथा बहराइनको दिनार खरिदमा ३५२ रुपैयाँ ३७ पैसा र बिक्रीमा ३५३ रुपैयाँ ९७ पैसा तय गरिएको छ।