• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

एसियाडमा ‘डेब्युु’ गर्दै नेपाली महिला ह्याण्डबल


मङ्गलबार, भदौ १९, २०८० मा प्रकाशित

कास्की– एसियाली खेलकुदको सर्वोच्च प्रतियोगिता एशियाली खेलकुद (एसियाड)मा नेपाली महिला ह्याण्डबल टोलीले पहिलोपटक ‘डेब्यु’ गर्दैछ। १९औँ संस्करण एसियाड आगामी ६ देखि २३ असोजसम्म मित्रराष्ट्र चीनको हाङझावमा हुँदैछ।

Advertisement

हरेक चार वर्षमा हुने यस प्रतियोगितामा एसिया महादेशका राष्ट्रहरुले प्रतिस्पर्धा गर्दछन्। नेपालले पनि प्रतियोगिताका विभिन्न २९ खेलमा सहभागिता जनाउँदैछ। त्यसमध्ये महिला ह्याण्डबल पनि हो। प्रतियोगितामा सहभागिता जनाउन लागेको नेपाली टोली पोखरामा साउन पहिलो सातादेखि बन्द प्रशिक्षणमा छ।

पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय ‘कभर्ड हल’मा नेपाली टोलीका १६ खेलाडी अभ्यासरत छन्। यसअघि विसं २०७६ मा पोखरामा सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकुदमा नेपाल उपविजेता बनेको थियो।

आयोजक राष्ट्र चीन, जापान, हङकङ, भारत लगायतका देशसँग भिड्दा नेपाली टोली उच्च मनोबलका साथ मैदानमा उत्रिने तयारीमा छ। नेपाली महिला ह्याण्डबल टोलीकी उपकप्तान उमा राइले एशियाडका लागि टोलीका सबै सदस्य उत्साहित रहेको बताइन्। हरेक खेलाडीको सपना प्रतियोगितामा जित भएको उनले बताइन्।

“पोखराको वातावरणमा राम्रोसँग अभ्यास गरिरहेका छौँ। पदक ल्याउने कोसिस गर्नेछाैँ”, उनले भनिन्। नेपाली टोलीमा अधिकांश नयाँ खेलाडी छन्। पोखरामा बन्द प्रशिक्षणमा रहेको टोलीले हप्तामा एक दिन यहाँको कास्की जिल्ला ह्याण्डबल सङ्घको पुरुष टोलीले अभ्यास खेल खेल्ने गरेको छ।

“अन्तर्राष्ट्रिय खेलाडीसँग खेल खेलेर अनुभव बटुल्न चाहन्छौँ तर त्यो अवसर प्राप्त भएको छैन”, उपकप्तान राईले भनिन्। नेपाली टोली सागको तयारीका लागि थाइल्याण्डमा गएर अभ्यास गरेको थियो।

नेपाली राष्ट्रिय महिला ह्याण्डबल टोलीका प्रशिक्षक विन्दा थापाले प्रतियोगितामा खेलाडीको प्रदर्शन राम्रो हुनेमा विश्वास व्यक्त गरिन्। प्रतियोगितामा पहिलो सहभागिताले खेलाडी उत्साहित भएको र महिला ह्याण्डबल अन्तर्राष्ट्रिय खेलकुदमा प्रवेश गरेको उनले बताए।

“बाहिर लान पाएको भए राम्रो हुनेथियो। खेलाडीले बाहिर गएर खेल्दा अनुभव बटुल्न पाउथे तर यसपटक त्यो अवसर मिलेन तर खेलाडी प्रतियोगितालाई लिएर उत्साहित छन्।” प्रशिक्षक थापाले भनिन्।

एसियाली खेलकुदमा नेपालले आफ्नो पहिलो खेल आयोजक चीनसँग खेल्नेछ। त्यसैगरी जापान, हङकङ र भारतसँग पनि नेपालले खेल्नेछ। महिला ह्याण्डबल टोलीमा १६ खेलाडी र दुई प्रशिक्षक रहेका छन्। खेलाडीमा बन्दना राई(कप्तान), उमा राई(उपकप्तान) तथा खेलाडी आइत ल्याह्मु शेर्पा, कल्पना सिञ्जाली र बिमला तामाङ छन्।

यसैगरी अन्य खेलाडीमा कल्पना ओली, रमिला बस्नेत, देवी श्रेष्ठ, ममता राना, अदिती चौधरी, सङ्गीता चौधरी, बिमला भुजेल, सञ्जु राई, रामकुमारी चौधरी, सम्झना कुमाल र हेलिना राना छन्। यसैगरी टिम प्रशिक्षकमा विन्दा थापा र दीपक सिंह बोहरा छन्।

मङ्गलबार, भदौ १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.